लुम्बिनी प्रदेश सरकारमा मन्त्री बनेका शाहीलाई एमालेको स्पष्टिकरण
383 Views
काठमाडौं , खोज मिडिया २९ साउन । नेकपा एमालेले लुम्बिनी प्रदेशका दुई जना सांसदलाई चार दलीय गठबन्धनलाई सघाएको भन्दै कारबाहीका लागि प्रक्रिया अगाडि बढाएको छ।
एमाले सचेतक भूमिश्वर ढकालका अनुसार एमालेले चुनाव चिन्हबाट निर्वाचित नवलपरासीका सांसद अजय शाही र तत्कालीन नेकपाको सूर्य चिन्हबाट जितेकी विमला वलीले नयाँ सरकार बनाउन दाबी गरेको निवेदनमा हस्ताक्षर गरेपछि का र बाही प्रक्रिया अघि बढाएको हो ।
सचेतक ढकालले शाहीलाई लिखित स्पष्टीकरण सोधेका छन् भने वलीलाई पार्टी अध्यक्ष केपी ओलीले पठाएको स्पष्टीकरण यसअघि नै बुझाएको उनले बताए । सांसद वलीलाई यसअघि स्पष्टीकरण सोधिए पनि चित्तबुझ्दो जवाफ नआएपछि कार बाहीको प्रक्रिया अघि बढाएको ढकालले बताएका छन् ।





प्रतिक्रिया दिनुहोस