गैरआवासीय नेपाली नागरिकता विधेयकबारे प्रधानमन्त्रीको ध्यानाकर्षण
551 Views
काठमाडौं , खाेज मिडिया २६ साउन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले संसदमा विचाराधीन गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयक छिटो पास गराउन प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानकर्षण गराएको छ ।
पछिल्लो विषम अवस्थामा विदेशमा रहेका नेपाली श्रमिकहरुको उद्धार, नेपाल ल्याइएका श्रमिकहरुको पुर्नस्थापना लगायतका विषयमा नेपाल सरकारले यथाशक्य छिटो राहतमुखी कार्यक्रम ल्याउन समेत अध्यक्ष पन्तले आग्रह गरे ।
यस्तै सो अवसरमा उपस्थित संघका पूर्व अध्यक्ष जीवा लामिछानेले बेलायतमा रहेका ब्रिटिश गोर्खाको सत्याग्रहको विषयमा प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराउँदै उनीहरुको समस्या समाधानका लागि बेलायत सरकारसँग कूटनीतिक रुपमा पहल गरिदिन आग्रह गरे ।
सो क्रममा प्रधानमन्त्री देउवाले संविधानमा व्यवस्था भए बमोजिम छिट्टै गैरआवासीय नेपाली नागरिकता लगायतका विषय टुंगो लगाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
भेटका क्रममा संघका उपाध्यक्ष द्वय सोनाम लामा, रविना थापा, गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा संजिव सापकोटा, संघका कार्यकारी प्रमुख राजेश राणा लगायतको उपस्थिती रहेको थियो ।
मंगलबार संघका अध्यक्ष कुमार पन्तलगायतका एनआरएनए अभियनताहरुको टोलीले देउवालाई भेट्दै विधेयक छिटो पास हुने वातावरण मिलाउन ध्यानाकर्षण गराएको हो ।





प्रतिक्रिया दिनुहोस