एमाले विवाद सहमति नजिक २०७५ जेठ २ गते कै अवस्थामा फर्काएर अघि बढ्ने करिब सहमति
528 Views
काठमाडौँ, ४ असार खोज मिडिया । नेकपा एमाले को विवाद सहमति नजिक पुगेको छ ।
दुवै पक्षका दोस्रो पुस्ताका नेताहरु पार्टीलाई २०७५ जेठ २ गते कै अवस्थामा फर्काएर अघि बढ्ने करिब सहमति भएको नेताहरुले बताएका छन् । नेता माधव कुमार नेपाल पक्षले पार्टी जेठ २ गतेको अवस्थामा फर्किनुपर्ने माग राख्दै आएको छ । छलफल सकारात्मक भइरहे पनि ठोस सहमति भने नजुटेको नेताहरु बताउँछन् । छलफलमा नेपाल पक्षबाट सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र गोकर्ण विष्टलगायत छन् भने ओली पक्षका सुवास नेम्वाङ र विष्णु पौडेल रहेका थिए ।
त्यस्तै, प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरुले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाइयोस् भनि सर्वोच्चमा दायर गरिएको रिटबाट नेपाल पक्षले हस्ताक्षर फिर्ता लिनुपर्नेबारे मध्यमार्गी खोजिनेबारे पनि छलफल भएको बताइएको छ ।





प्रतिक्रिया दिनुहोस