पहिरोका कारण भिमफेदी कुलेखानी सडक अवरुद्ध
1203 Views
रोमन लामा
रामेछाप ०१ असार खोज मिडिया। पछिल्ला केही दिन यता परेको वर्षातका कारण हेटौडा काठमान्डौ जोड्ने छोटो दुरीको भिमफेदी कुलेखानी सडकमा पहिरोका कारण सडक अवरुद्ध भएको छ । भिमफेदी कुलेखानी सडक खण्ड अन्तर्गत भिमफेदी-६ देउराली र चिसापानी गढी बीचको सडकमा पहिरोका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिएका हुन् ।
स्थानीय,प्रहरी र सडक निर्माण टोलीले पहिरो पन्छाउने कार्य गरीरहेको छ तर निरन्तर रुपमा भइरहेको वर्षातका कारण पहिरोलाई पन्छाउन गाह्रो भएको जानकारी प्रहरीले दिइएको छ ।





प्रतिक्रिया दिनुहोस