उज्यालो नेपाल पार्टीको ऐतिहासिक प्रथम कास्की जिल्ला भेला भोलि हुँदै
102 Views
पोखरा। सुशासन, समृद्धि र सामाजिक न्याय मूल नाराका साथ देशव्यापी रूपमा संगठन विस्तार तथा उज्यालो अभियान सञ्चालन गरिरहेको उज्यालो नेपाल पार्टीले आफ्नो ऐतिहासिक प्रथम कास्की जिल्ला भेला भोलि आयोजना गर्ने भएको छ।
हाल देशभरका जिल्ला, गाउँपालिका, नगरपालिका तथा वडा तहमा भेला तथा संगठन निर्माण अभियान तीव्र रूपमा अगाडि बढिरहेको सन्दर्भमा कास्की जिल्लाको प्रथम जिल्ला भेला विशेष महत्वका साथ आयोजना गर्न लागिएको जनाएको छ।
उज्यालो नेपाल पार्टीद्वारा आयोजित उक्त भेलामा सम्पूर्ण कास्कीवासी दाजुभाइ तथा दिदीबहिनीहरूलाई सहभागी भई कार्यक्रम सफल बनाउन हार्दिक निमन्त्रणा गरिएको छ। यस भेलाले कास्की जिल्लामा पार्टीको संगठन विस्तार, वैकल्पिक राजनीतिक शक्तिको निर्माण तथा समृद्ध नेपालको अभियानलाई थप सशक्त बनाउने विश्वास लिइएको छ।
विशेष गरी उज्यालो नेपाल पार्टीका श्रद्धेय अध्यक्ष आदरणीय कुलमान घिसिङज्यूको विशेष उपस्थितिले कार्यक्रमलाई अझ गरिमामय बनाउने अपेक्षा गरिएको छ।
कार्यक्रम विवरण:
मिति: २०८३ जेठ २३ गते, शनिबार
स्थान: सिल्भरप्लेट पार्टी प्यालेस, बस्तोलाथर–०९, पोखरा
देश परिवर्तनको सपना देख्ने, स्वच्छ राजनीति, सुशासन, समृद्धि तथा उज्यालो भविष्यको पक्षमा उभिएका सम्पूर्ण नागरिकहरूलाई कार्यक्रममा सहभागी भई आफ्नो महत्वपूर्ण उपस्थिति जनाइदिन आयोजकले अनुरोध गरेको छ।
पार्टीले नयाँ सोच, नयाँ संकल्प र नयाँ यात्राको साक्षी बन्न सम्पूर्ण जनसमुदायलाई आह्वान गर्दै “अबको विकल्प, उज्यालो नेपाल पार्टी” भन्ने सन्देशलाई थप सशक्त बनाउने जनाएको छ।





प्रतिक्रिया दिनुहोस