उज्यालो नेपाल पार्टीको खाँडादेबी–७ वडा कमिटी गठन, बिनोद घिसिङ अध्यक्ष चयन
216 Views
रामेछाप । उज्यालो नेपाल पार्टीको खाँडादेबी गाउँपालिका–७ वडा समितिको प्रथम भेला सम्पन्न भई २५ सदस्यीय वडा कमिटी गठन गरिएको छ। पार्टीका केन्द्रीय सदस्य राम कृष्ण लामाको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले बिनोद घिसिङको अध्यक्षतामा नयाँ वडा कार्यसमिति चयन गरेको हो।
भेलामा केन्द्रीय सदस्य तथा रामेछाप जिल्ला संयोजक अन्जन घिसिङ, केन्द्रीय युवा फ्रन्टका संयोजक तथा रामेछाप जिल्ला सचिव राज मैनाली, केन्द्रीय सदस्य तथा २०८२ का संघीय उम्मेदवार दीप योञ्जन लामा, केन्द्रीय सदस्य लालबहादुर थापा मगर, केन्द्रीय युवा फ्रन्ट नेपालका उपाध्यक्ष संगिन दोर्जे लामा, बागमती प्रदेश प्रवक्ता पदम घिसिङ, खाँडादेबी गाउँपालिकाका सचिव कारण घिसिङ, खाँडादेबी गाउँपालिका अध्यक्ष चन्द्रलाल तामाङ तथा युवा नेता मोतिलाल घिसिङलगायतका अतिथिहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा स्वागत मन्तव्य बिनोद घिसिङले राखेका थिए। वक्ताहरूले सुशासन, समृद्धि र सामाजिक न्याय स्थापनाका लागि उज्यालो नेपाल पार्टीलाई गाउँ–गाउँसम्म विस्तार गर्दै जनताको पक्षमा सक्रिय रूपमा काम गर्नुपर्नेमा जोड दिएका थिए।
भेलाबाट गठन गरिएको २५ सदस्यीय वडा कार्यसमितिमा अध्यक्षमा बिनोद घिसिङ, उपाध्यक्षमा रमा घिसिङ र जय राम श्रेष्ठ, सचिवमा तिलक तामाङ तथा कोषाध्यक्षमा लोपन योञ्जन चयन भएका छन्।
त्यसैगरी सदस्यहरूमा युवराज तामाङ, ज्ञानकुमार तामाङ, लक्ष्य घिसिङ, सीता मोक्तान, देवलाल योञ्जन, दीपककुमार तामाङ, देव बिक, दूतराज कार्की, अबिक घिसिङ, रूपलाल घिसिङ, हरसिङ तामाङ, अमन मोक्तान, दिकलाल तामाङ, अबि घिसिङ, धनराज योञ्जन, जितेन्द्र श्रेष्ठ, वीरेन्द्र योञ्जन, केशव योञ्जन, राज योञ्जन, सिरमान योञ्जन र विमल योञ्जन रहेका छन्।
नवनिर्वाचित समितिले वडा स्तरमा पार्टी संगठनलाई थप सुदृढ बनाउँदै जनताका समस्या समाधान, सुशासन प्रवर्द्धन तथा सामाजिक न्यायका पक्षमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।





प्रतिक्रिया दिनुहोस