मिस तामाङ पोखरा २०२६ का विजेताद्वारा अपाङ्गता मैत्री समाजलाई सहयोग
574 Views
पोखरा । मिस तामाङ पोखरा २०२६ का विजेताहरूले सोनाम ल्होछारको अवसर पारेर पोखरा महानगरपालिका–२९ लेखनाथको घोतघोतेमा अवस्थित अपाङ्गता मैत्री समाजमा पुगेर सहयोग हस्तान्तरण गरेका छन्।
अपाङ्गता मैत्री समाजका अध्यक्ष दण्डपानी ढकाललाई आश्रममै पुगेर मिस तामाङ पोखरा २०२६ की विजेता सुप्रिया गोले तामाङसहित माया डुम्जन तामाङ, सोनी पाख्रिन तामाङ, कबिना घिसिङ तामाङ र बैदाम तामाङ सेवा समाजका अध्यक्ष ज्याक तामाङले नगद सहयोग तथा खाद्यान्न सामग्री हस्तान्तरण गरेका हुन्।
सोनाम ल्होछारको पावन अवसरमा बैदाम तामाङ सेवा समाजले विगतका वर्षहरूमा झैं यस वर्ष पनि अपाङ्ग मैत्री दृष्टिबिहिन संघ कास्कीलाई खाद्यान्न सहयोग गरेको छ। त्यस्तै, मिस तामाङ पोखरा २०२६ का विजेताहरूको तर्फबाट नगद सहयोग प्रदान गरिएको थियो।
यसै अवसरमा सौगात फ्रेस बेकरी, लेकसाइड पोखराबाट बेकरी आइटमहरू सहयोगस्वरूप प्रदान गर्दै आश्रममा रहेका व्यक्तिहरूलाई सोनाम ल्होछारको शुभकामना समेत व्यक्त गरिएको थियो।





प्रतिक्रिया दिनुहोस