तामाङ पत्रकार सघं भक्तपुर जिल्ला द्वारा दुई दिवसीय तालिम सम्पन्न
435 Views
काठमाडौ, भदौ। तामाङ पत्रकार संघ भक्तपुर शाखाले आयोजना गरेको दुई दिवसीय निशुल्क पत्रकारिता तालिम तथा सकरात्मक सोच तथा व्यक्तित्व विकास तालिम मंगलबार भव्यताका साथ सम्पन्न भएको छ ।
३१ औं तामाङ प्रशारण दिवसको अवसरमा तामाङ पत्रकार संघ भक्तपुर शाखाले आयोजना गरेको पत्रकारिता तालिममा समाचार लेखन, फोटोग्राफी, भिडियो ग्राफी, भिडियो सम्पादन र सकरात्मक सोच तथा व्यक्तित्व विकास सम्बन्धि तालिम दिएका थिए । बौद्ध पिपलबोट नागेश्वर गल्लि स्थित सेकुवा जक्शनमा सन्चालन गरेको तालिममा २७ जना सहभागी रहेका थिए ।
उक्त तालिममा तामाङ पत्रकार संघका पूर्व अध्यक्ष विष्णु तामाङले समाचार लेखन, भक्तपुर जिल्ला शाखाका उपाध्यक्ष गणेश बज्र लामाले फोटोग्राफी, बिक्रम लामा मोक्तानले भिडियोग्राफी तथा भिडियो सम्पादन सम्बन्धि तालिम दिएका थिए भने उत्प्रेरक वक्ता विकाश देव योन्जनले सकरात्मक सोच तथा व्यक्तित्व विकाश सन्बन्धि तालिम दिनुभएको हो।
कार्यक्रममा अतिथिको रुपमा तामाङ पत्रकार संघका संघीय कोषाध्यक्ष हिरामान बल, संघीय सदस्य तथा उज्यालो नेटवर्कका कार्यकारी सम्पादक अनिश तामाङ, संघीय सदस्य तथा भक्तपुर शाखाका प्रमुख सल्लाहकार सुदिन लामा दोङ, तामाङ् ह्युलठिमका अध्यक्ष बुद्धराज स्याङ्तान, नेपाल तामाङ मौलिक ह्वाईला न्हानका अध्यक्ष सन्जिव योन्जन(पोङ्दिला च्याङ्बा), नेपाल तामाङ चलचित्र निर्देशक संघका महासचिव विनय दोङ लगायत अन्य विभिन्न संघ संस्थाको प्रतिनिधि सहित अन्य संघ संस्थाका प्रतिनिधि सहित कलाकार र पत्रकारहरुको समेत उपस्थिति रहेका थिए ।
तामाङ पत्रकार संघ भक्तपुरले “व्यवसायिक पत्रकारिता आजको आवश्यकता, तामाङ पत्रकार संघ भक्तपुरको प्रतिबद्धता” भन्ने मुल नाराका साथ विभिन्न खालका कार्यक्रम संचालन गर्दै आईरहेका छन् ।
संविधान सभा सदस्य तथा पूर्वमन्त्री रेशम बहादुर लामाले तामाङ पत्रकार संघ भक्तपुर जिल्ला शाखालाई पचास हजार पांच सय पचपन्न रुपैयां आर्थिक सहयोग गर्नुभएको छ । सोमबार ३१औं तामाङ प्रशारण दिवसको अवसरमा तामाङ पत्रकार संघ भक्तपुर जिल्ला शाखाले आयोजना गरिएको दुई दिवसीय निःशुल्क पत्रकारिता प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै लामाले संघलाई उक्त रकम हस्तारण गरिएको हो । नेकपा एमालेको केन्द्रीय सदस्य समेत रहेका पूर्वमन्त्री लामाले कार्यक्रमलाई सम्बोधन गर्दै भने, “तामाङ पत्रकारले आयोजना गरिएको निशुल्क प्रशिक्षण कार्यक्रम मार्फत तामाङ समुदायमा खोज पत्रकारिता गर्न सक्ने दक्ष जनशक्तिको उत्पादन गर्न सहयोग मिल्ने बताउनुभयो ।





प्रतिक्रिया दिनुहोस