पत्रकारले सिक्नैपर्ने ४ महत्वपुर्ण बिषयको तालिम सम्पन्न आयोजक तामाङ पत्रकार संघ भक्तपुर शाखा
449 Views
काठमाडौ । तामाङ पत्रकार संघ भक्तपुरले आयोजना गरेको दुई दिवसीय निशुल्क पत्रकारिता तालिमा मंगलबार भव्यताको साथ सम्पन्न भएको छ ।
संविधान सभा सदस्य तथा पूर्वमन्त्री रेशम बहादुर लामाले तामाङ पत्रकार संघ भक्तपुर जिल्ला शाखालाई पचास हजार पांच सय पचपन्न रुपैयां आर्थिक सहयोग गरेको थियो । दुई दिवसीय निःशुल्क पत्रकारिता प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै लामाले संघलाई उक्त रकम हस्तारण गरिएको हो । नेकपा एमालेको केन्द्रीय सदस्य समेत रहेका पूर्वमन्त्री लामाले कार्यक्रमलाई सम्बोधन गर्दै भने, “तामाङ पत्रकारले आयोजना गरिएको निशुल्क प्रशिक्षण कार्यक्रम मार्फत तामाङ समुदायमा खोज पत्रकारिता गर्न सक्ने दक्ष जनशक्तिको उत्पादन गर्न सहयोग मिल्नेछ । यो तालिमले समुदायको भाषा, धर्म, कला, संस्कृति र पहिचानको खातिर सदैव आवाज र कलम उठाउन सक्ने क्षमताको विकास होस ।” त्यस्तै गरी विशिष्ट अतिथि अन्तराष्ट्रिय तामाङ परिषदका महासचिव र नेपाल राष्ट्रिय तामाङ घेदुङका महासचिवले पछिल्ला समय तामाङ जातिको अन्तिम राजा ह्रेन्जेन दोर्जे र डम्फुको बिषयमा गलत प्रचार गर्ने उदेश्यले दिएको अभिव्यक्तिमाथि घोर भर्त्सना गरेका थिए ।
कार्यक्रममा अतिथिको रुपमा तामाङ पत्रकार संघका संघीय कोषाध्यक्ष हिरामान बल, संघीय सदस्य तथा उज्यालो नेटवर्कका कार्यकारी सम्पादक अनिश तामाङ, संघीय सदस्य तथा भक्तपुर शाखाका प्रमुख सल्लाहकार सुदिन लामा दोङ, तामाङ् ह्युलठिमका अध्यक्ष बुद्धराज स्याङ्तान, नेपाल तामाङ मौलिक ह्वाईला न्हानका अध्यक्ष सन्जिव योन्जन(पोङ्दिला च्याङ्बा), नेपाल तामाङ चलचित्र निर्देशक संघका महासचिव विनय दोङ लगायत अन्य विभिन्न संघ संस्थाको प्रतिनिधि सहित अन्य संघ संस्थाका प्रतिनिधि सहित कलाकार र पत्रकारहरुको समेत उपस्थिति रहेका थिए ।
पहिलो दिनको तालिम समुद्घाटन संगै समाचार लेखनमा तामाङ पत्रकार संघका संघीय पूर्वाअध्यक्ष विष्णु तामाङले समाचार लेखन, भक्तपुर शाखाका उपाध्यक्ष गणेश बज्र लामाले फोटोग्राफी र प्रोफेशनल सिनेमाटोग्राफी बिक्रम मोक्तानले भिडियोग्राफी र भिडियो सम्पादन सम्बन्धि तालिम दिएको थिए ।
दोस्रो दिनमा सकरात्मक सोच तथा व्यक्तित्व विकास सम्बन्धि तालिम उत्प्रेरक वक्ता विकास देव योन्जनले दिएका थिए । बौद्ध पिपलबोट नागेश्वर गल्लि स्थित सेकुवा जक्शनमा सन्चालन गरेको तालिममा २७ जना सहभागी रहेका थिए । पूर्वमन्त्री तथा संविधान सभा सदस्य माननिय सूर्यमान दोङ (लालध्वज) को प्रमुख आतिथ्यतामा समापन भएको थियो । समापन समारोहमा विशिष्ट अतिथि ए.आई.जी टेक तामाङ रहेका थिए भने विभिन्न संघ–संस्था, कलाकार र सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति थियो। कार्यक्रममा अन्तर्राष्ट्रिय तामाङ परिषद्का महासचिव र नेपाल राष्ट्रिय तामाङ घेदुङका महासचिवले तामाङ जातिको अन्तिम राजा ह्रेन्जेन दोर्जे र डम्फु सम्बन्धी हालै फैलाइएका भ्रामक प्रचारप्रति आपत्ति जनाउँदै कडा भर्त्सना गरेका थिए।
सो अवसरमा तामाङ कलाकार संघका अध्यक्ष विशाल काल्तन, चर्चित गायक तथा संगीतकार विश्व दोङ, संगीतकार सञ्जिव वाईवा, तामाङ निर्देशक संघका अध्यक्ष केवि घिसिङ ,उज्यालो नेटवर्कका कार्यकारी सम्पादक अनिश तामाङ, संघीय कोषाध्यक्ष हिरामान बल, संघीय सदस्य तथा भक्तपुर शाखाका प्रमुख सल्लाहकार सुदिन लामा दोङ, तामाङ ह्युलठिमका अध्यक्ष बुद्धराज स्याङ्तान, नेपाल तामाङ मौलिक ह्वाईला न्हानका अध्यक्ष सन्जिव योन्जन (पोङ्दिला च्याङ्बा), नेपाल तामाङ चलचित्र निर्देशक संघका महासचिव विनय दोङलगायतका अतिथि र प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
समापन कार्यक्रममा सहभागीहरुको तर्फबाट सुवर्ण लामाले तालिमको अनुभव व्यक्त गरेको थियो भने कार्यक्रम संघकै सचिवलय सदस्य जगत घिसिङले संचालन गरेको थियो ।





प्रतिक्रिया दिनुहोस