नुवाकोट सेवा समाज,दोहाको आयोजनामा विशेष हरितालिका तीज सांस्कृतिक कार्यक्रमको पुर्व तयारी
500 Views
कत्तार, ३० साउन । हिन्दु नारीहरुको महान चार्ड हरितालिका तीजको अवसर पारेर “नुवाकोट सेवा समाज”, दोहा कत्तारले भेटघाट तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिने भएको छ ।
नुवाकोट सेवा समाजले बिगतका वर्षाहरुमा जस्तै यस वर्ष पनि हरितालिका तीज पर्वको अवसर पारी कलाकारहरुको साथमा हुंने सांस्कृतिक कार्यक्रमको पुर्व तयारी सम्पन्न भएको छ ।
यस विशेष सांस्कृतिक कार्यक्रमको प्रमुख अतिथि बागमती प्रदेश सभा पूर्व उपसभामुख,बागमती प्रदेश सभा सदस्य तथा महिला नेत्री माननिय राधिका तामाङ रहनुहुने उक्त संस्थाको साखा रामेछाप जिल्ला बरिस्ठ उपाध्यक्ष आशिस मोक्तान तामाङले बताउंनुभयो ।
यस सांस्कृतिक कार्यक्रममा उपस्थित रहने कलाकारहरुमा गायन तर्फ लक्ष्मी कार्की,सरला तामाङ, एनिसा राई, सुमिना भट्टराई रहकी छन् भने नृत्यकारहरुमा सुनिता तामाङ, अन्जली मगर,सिवानी घले, सपना घलान,सुधा परियार,कमला तामाङ लगायका कलाकारहरुको साथमा उक्त सांस्कृतिक कार्यक्रम रहेको बताउंनुभयो ।
सोही कार्यक्रममा माननीय राधिका तामाङसगं संस्थाका सम्पुर्ण पदाधिकारी लगायत कलाकारहरुसगं अन्तरक्रिया तथा भेटघाट रहने बताउंनुभयो । विशेषगरि तीज पर्व हिन्दु नारीहरुले परापुर्वकालदेखिनै मनाउंदै आईरहेको हुंदा यस पर्वलाई नारीहरुको विशेष पर्व मानिन्छ। त्यस्कारण कार्यक्रमको प्रमुख अतिथिको रुपमा महिला नेत्री माननीय राधिका तामाङलाई निम्त्याईएको जनाईएको छ ।
उक्त कार्यक्रम अगस्ट १५ तारिख २०२५ “होटल वालफेयर रेस्टुरेन्ट प्लाजा मल” दोहा कत्तार अवस्थित बिहान ११ बजे सुरुवात हुने आयोजकले जनाएको छ।





प्रतिक्रिया दिनुहोस