रामेछाप सेवा समाज कतारको सातौं अधिवेशनबाट कार्की चयन
656 Views
कत्तार, १८ साउन । “रामेछाप बासिको आवाज, सभ्य समाज निर्माणको प्रयास” भन्ने मुल नाराका साथ सन २००४ मा स्थापित रामेछाप सेवा समाज कतारको सातौं अधिवेशन-२०२५ सम्पन्न भएको छ।
रामेछाप सेवा समाज कतारले ” सातौँ अधिवेशन” तथा विविध सांस्कृतिक कार्यक्रम शुक्रबार सम्पन्न भएको हो । वडा नं.५ का अध्यक्ष रबिन कार्कीको सभापतित्व तथा बागमती प्रदेश समन्वय परिषद् कतारका अध्यक्ष ललित कुमार तामाङको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनको खुल्ला सत्र र बन्द सत्र गरी दुई चरणमा सम्पन्न अधिवेशनको बन्द सत्रबाट रामेछाप जिल्ला खाडांदेवी गाउँपालिका वडा नं. ५ का रबिन कार्की आगामी कार्यकालका लागी अध्यक्षमा सर्वसम्मत चयन भएका हो ।
अगष्ट १ २०२५ शुक्रबारका दिन वेयफेयर रेस्टुरेन्टको सभावल प्लाजामल स्थित उक्त कार्यक्रम आयोजना गरिएको थियो ।
यस सातौ अधिबेशनको अवसरमा रामेछाप सेवा समाज कतारका प्रमुख सल्लाहकार श्री ललित कुमार तामाङ र सल्लाहकार बिनिता घिसिङ तामाङ लाई दोसल्ला र सम्मान-पत्र सहित सम्मान गरिएको थियो ।
उक्त कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश समन्वय परिषद कतारका अध्यक्ष ललित कुमार तामाङ,विशिष्ट अतिथि गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद कतारका प्रथम उपाध्यक्ष रविन मगर ,विशेष अतिथि नेपाल आदिवासी जनजाति महासंघ कतारका उप-महासचिव नीर बहादुर सुनुवार, नेपाली महिला समाज कतारकी उपाध्यक्ष सन्ध्या आर्याल,लगायत उपस्थित रहेका थिए ।
कतारमा स्थापित विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधि ,समाजसेवी तथा बुद्धिजिविहरु,पत्रकार तथा मिडिया कर्मी ,कलाकार भाईबहिनि हरु, रामेछाप सेवा समाज कतारका संरक्षक तथा सल्लाहकार समितिका सल्लाहकार , बिभागिय प्रमुख तथा उप प्रमुख ,कार्यसमिति सदस्य ,कार्यक्रम संयोजक ,कलाकार संयोजक ,आर्थिक संयोजक, स्वयंसेवक संयोजक लगायतका पदाधिकारीहरुको उपस्थितिमा सातौ अधिबेशन सम्पन्न भएको हो ।
खुल्ला सत्र र बन्द सत्र गरि दुई चरणमा सम्पन्न भएको अधिबेशन बाट निम्न पदाधिकारी सर्वसम्मत निर्वाचित हुनुभएका नामवलीः-
१) अध्यक्ष- रबिन कार्कि
२) वरिष्ठ उपाध्यक्ष- आशिष मोक्तान तामाङ
३) प्रथम उपाध्यक्ष- राज तामाङ
४) द्वितीय उपाध्यक्ष- शुभराज सुनुवार
५) महिला उपाध्यक्ष- ममता रानाभाट खत्री
६) महासचिव-कविता खत्री
७) उपमहासचिव-प्रकाश दर्नाल (शितल)
८) सचिव- राजु मगर
९) कोषाध्यक्ष- रबिन खत्री
१०) सह-कोषाध्यक्ष- शुशन मगर
सदस्यहरू:
१) शमन खड्का
२) जीवन घिसिङ
३) शर्मिला राउत कार्कि
४) रामकुमार बस्नेत
५) प्रेम बाहदुर भण्डारी
६) सागर खत्री (राम)
७) मिना लामा योन्जन
८) कर्ण घिसिङ
९) टोकमाया सुनुवार
१०) राजकुमार भण्डारी
११) यमुना खत्री





प्रतिक्रिया दिनुहोस