‘मिस कास्की नेपाल २०२५’ को उपाधि रानी थापा मगरलाई
782 Views
कास्की,४ साउन । पोखरामा आयोजित ‘मिस कास्की नेपाल २०२५‘ को उपाधि रानी थापा मगरले जितेकी छिन्। हेभेनली इभेन्ट म्यानेजमेन्टद्वारा आयोजित यस भव्य सौन्दर्यप्रतियोगिताले पोखराका युवतीहरुमा लुकेका प्रतिभा र सौन्दर्यलाई बाहिर ल्याउन महत्वपूर्ण भूमिका खेलेको छ। प्रतियोगितामा अंशु गुरुङ प्रथम रनरअप, स्मृति गुरुङ द्वितीय रनरअप र लक्ष्मी थापा तृतीय रनरअप बन्न सफल भए। यसैगरी, भ्युअर्स च्वाइसको उपाधि रोजी बस्नेतले हात पारिन्।
हेभेनली इभेन्ट म्यानेजमेन्टका संचालक सफल सुवेदीले सफलतापूर्वक कार्यक्रम सम्पन्न भएकोमा खुसी व्यक्त गरे। कार्यक्रमका प्रमुख अतिथि दर्शनलामाले आयोजक हेभेनली इभेन्ट म्यानेजमेन्टलाई यस्ता प्रतिभा र सौन्दर्य प्रतियोगिता आयोजना गरेकोमा धन्यवाद व्यक्त गर्दै यसले युवतीहरुलाईसशक्तिकरण गर्न मद्दत पुग्ने बताए। प्रतियोगितामा निर्णायक मण्डलमा नवदीप इङ्लिस बोर्डिङ स्कूलकी संस्थापक कौशल्या गुरुङ, प्रचारका संचालकतथा मिडिया व्यक्तित्व आशिष पुरी, नर्स तथा सामाजिक अभियन्ता बिजुल श्रेष्ठ र एन.टि.एच.एम.सी कलेजका प्रिन्सिपल प्रकाश रेग्मी रहेका थिए।
उनीहरुले प्रतियोगीहरुको प्रतिभा, आत्मविश्वास र प्रस्तुतिलाई सक्ष्म ढंगले मूल्यांकन गरेका थिए। ‘मिस कास्की नेपाल २०२५‘ ले पोखराकायुवतीहरुलाई आफ्नो क्षमता प्रदर्शन गर्ने र भविष्यका लागि नयाँ सम्भावनाहरुको ढोका खोल्ने अवसर प्रदान गरेको छ।





प्रतिक्रिया दिनुहोस