स्वस्थ नेपाली स्वतन्त्र नेपाल पोखरा ८ संयोजकमा गोमा तिमिल्सिना
667 Views
पोखरा । स्वस्थ नेपाली स्वतन्त्र नेपाल अभियानको वडा नम्बर ८ को उपसमिति संयोजकमा गोमा तिमिल्सिना चयन भएकी छिन् । पोखरा महानगरपालिका वडा नं ८ सिमलचौर स्थित विशेश्वर पाञ्चायन मन्दिर परिसरमा शुक्रबार आयोजित भेलाले तिमिल्सिनालाई सर्वसम्मत संयोजकमा चयन गरेको हो।
नवगठित ११ सदस्यीय उपसमितिको सहसंयोजक गीता शर्मा आचार्य, सचिव विद्या मल्ल, सदस्यहरुमा सीता भण्डारी, अम्बिका पौडेल, सुनिता बराल, गीता अधिकारी, चन्द्रमाया भुजेल र रमा अधिकारी रहेका छन्। कोषाध्यक्ष तथा एक सदस्य समितिको बैठकले मनोनित गर्ने बताईएको छ।
अभियानका केन्द्रीय वरिष्ठ सल्लाहकार शोभानाथ तिवारीले टोल छरछिमेकमा कोही गाँस, बास र कपासको अभावमा भए मानवीय नाताले एक अर्काको सहयोग लिई राहत वितरण गर्ने, आर्थिक अभावका कारणले कोही दु:ख विमारमा थला परेका छन् भने उपचारका लागि आवश्यक पहल गर्ने तथा विभिन्न खाले सामाजिक जनचेतना जगाउने एवम् विकृति र विसङ्गति विरुद्ध एक्यवद्धता जनाउँदै हातेमालो गरी अघि बढ्ने उद्देश्यले अभियान सञ्चालन गरिएको बताए।
अभियानका केन्द्रीय सहसंयोजक तथा संगठन विभाग प्रमुख बिष्णु प्रसाद तिवारीले तीनै तहका सरकारलाई चुस्तदुरुस्त बनाउन अभियानको शुरुवात भएको र यसले नेपाली आमनागरिकको अधिकारको विषयमा निष्पक्ष काम गर्ने बताए। तिवारीले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै सर्वहारा वर्गको हकहितको पक्षमा आवाज उठाउने र आवाज बिहिनहरुको आवाज बनी सरकारलाई उनीहरुको उचित मागहरु सम्बोधन गर्न दबाब दिन पनि संगठनको विस्तार आवश्यक रहेको बताए।
कार्यक्रममा नारी परोपकार केन्द्रका अध्यक्ष सारदा गिरी लगायतले बोलेका थिए। सो अवसरमा अभियानका केन्द्रीय सचिव जिवन्धर शर्मा चापागाईं, सदस्य हरिमाया भण्डारी तथा पोखरा ८ का विभिन्न टोलका टोल विकास संस्था र आमा समूहका अध्यक्ष एवम् प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो।
जेष्ठ नागरिक सारदा सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत एयरपोर्ट टोल विकास संस्थाका निवर्तमान अध्यक्ष श्याम श्रेष्ठ र सञ्चालन कास्कीकोट सराङकोट महिला समूहका कोषाध्यक्ष गीता शर्मा आचार्यले गरेकी थिईन्।





प्रतिक्रिया दिनुहोस