सुपर भ्वाइस अफ त्रीबेणी सिजन ३ आज
653 Views
पोखरा । त्रीबेणी संगितालयको आयोजनामा सुपर भ्वाइस अफ त्रीबेणी तेस्रो सिजन आज शनिबार ग्राण्ड फिनाले हुँदैछ ।
पुरानालाई सम्मान नयाँलाई प्रोत्साहन भन्ने मुल नाराका साथ हुने उक्त सिजन प्रथमलाई ५० हजार, दोस्रोलाई ४० हजार, तेस्रोलाई ३० हजार, चौथो लाई २० हजार र सान्त्वनालाई १० हजार, र नगद प्राप्त गर्नुका साथै पोखराका ५ वटा स्टुडियोमा निशुल्क गित रेकर्डिङ गर्न पाउने त्रीबेणी संगितालयका संचालक नवराज बरालले बताए । त्यसै गरि पब्लिक च्वाइस एक जनाले रु ३० हजार पुरस्कार प्राप्त गर्ने उनले बताए ।
कार्यक्रम बाट बचत भएको रकम कलाकार अक्षयकोष र राहत कोषमा जम्मा गरिने छ । पहिलो र दोस्रो सिजनको कार्यक्रम बाट बचत भएको रकमबाट अक्षयकोषमा ३ लाख र राहत कोषमा १ लाख बचत भएको छ । संचालक बरालका अनुसार अक्षयकोषको रकमको ब्याज बाट अपांग तथा दृष्टिबिहिन २ जनाले निशुल्क संगीत प्रशिक्षण लिइरहेका छन् भने राहत कोषको ब्याज रकमबाट अप्ठ्यारोमा परेका कलाकारलाई तत्काल आर्थिक सहयोग गरिदै आएको पनि उनले बताए ।
भ्वाइस अफ दि त्रीबेणी सिजन ३ मा ५५ जना सहभागी भएकोमा विभिन्न चरण पार गर्दै १२ जना अन्तिम ग्राण्ड फिनाले को लागि प्रतिस्पर्धामा आएका छन् ।
पोखरा उद्योग बाणिज्य संघको सभाहलमा २०८२ असार १४ गते शनिबार बिहान ११:३० बजे हुने कार्यक्रमको निर्णायकहरु बसन्त सापकोटा, करण तामाङ र किशोर सुनार रहनेछन ।
प्रतिस्पर्धीहरुले एउटा लोक गीत गाउने छन् भने एउटा ट्र्याकमा गाउने छन् । निर्णायक ८०% र भोटिङ बाट २०% को निर्णय हुने छ । भिटिङ पार्टनर खल्ती एप रहेको छ भने एड्भरटाइजिङ पार्टनर दरबारथोक एड्भरटाइजिङ एजेन्सी रहेका छन् ।





प्रतिक्रिया दिनुहोस