राजावादी आइलागेमा इटको जवाफ पथ्थरले दिन कार्यकर्तालाई निर्देशन
285 Views
काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजावादी आइलागेमा इटको जवाफ पथ्थरले दिन कार्यकर्तालाई निर्देशन दिएका छन् ।
योङ कम्युनिष्ट लिग, नेपालको तेस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले राजावादीहरुले पैसाको बलमा भाडाका मान्छे ल्याएर उफ्रिने गरेको, छाडा हुन थालेको बताउदै इटको जवाफ पथ्थरले दिन निर्देशन दिन आग्रह गरेका हुन् ।
नुवाकोटमा राजावादी युवाले गरेको प्रश्नको प्रसंग उल्लेख गर्दै प्रचण्डले राजावादीविरुद्ध आफुहरु जाइ नलाग्ने तर आइलागेमा जवाफ दिन तयारी अवस्थामा बस्नुपर्ने बताए ।
प्रचण्डले भने- ‘शान्ति सम्झौतापछि जन्मिएका नयाँ युवाहरुलाई राजाहरुले के के गरे उनीहरुलाई थाहा छैन । उनीहरुलाई मुर्ति चोरेर विदेशमा पुर्याउने को हुन् भनिदिनुपर्यो, नारायणहिटी हत्याकाण्डको नाइके को हुन् भनिदिनुपर्यो जनतालाई । देश विकास र स्वास्थ्यको विषयमा यो भएन र त्यो भएन भन्ने अधिकार राजावादीहरुलाई छैन ।’
अहिले माओवादी केन्द्रको पुरै नेतृत्व जनताको बीचमा रहेको भन्दै प्रचण्डले कार्यकर्ता पनि जनताको बीचमा जानुपर्ने बताए ।





प्रतिक्रिया दिनुहोस