नवनिर्मित चार कोठे भवन र मञ्चको नगर प्रमुख चौधरीद्धरा उदघाटन
581 Views
सिरहा ९ जेठ । लहान नगरपालिका–३ मा अवस्थित ललकु मा वि को नवनिर्मित चार कोठे पक्की भवन र मञ्चको शुक्रबार लहान नगरपालिकाका नगरप्रमुख महेश प्रसाद चौधरीद्धरा उद्घाटन गरिएको छ।
मेयर चौधरीले आफ्नो मन्तव्यमा विद्यालयको भौतिक पूर्वाधार सुधार र गुणस्तरीय शिक्षामा स्थानीय सरकारको प्रतिबद्धता पुनः दोहोर्याए। उनले विद्यालयमा हालै सुरु गरिएको अङ्ग्रेजी माध्यमको पठनपाठनप्रति प्रसन्नता व्यक्त गर्दै आगामी आर्थिक वर्षमा नयाँ चार कोठे भवन निर्माणका लागि बजेट विनियोजन गर्ने प्रतिबद्धता पनि जनाए।
कार्यक्रममा वडा नं ३ का अध्यक्ष रामदयाल महतो, नेपाल पत्रकार महासंघ सिरहाका अध्यक्ष मनोज बनैता, नेपाली कांग्रेसका नेता फुलेश्वर महतो, नेकपा एमालेका नेता रामनारायण मेहता, लहान नगरपालिकाको शिक्षा शाखा प्रमुख अमिरी यादव, विद्यालयका प्रधानाध्यापक, शिक्षकगण तथा अभिभावकको सहभागिता रहेको थियो।
विद्यालयमा हाल १४०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन्। अङ्ग्रेजी माध्यमको पढाइ सुरु गरेसँगै विद्यार्थी संख्या थप बढ्ने अपेक्षा गरिएको छ। कार्यक्रममा वक्ताहरूले विद्यालयको विकासका लागि स्थानीय सरकार, समुदाय र अभिभावकबीचको सहकार्य अपरिहार्य रहेको धारणा राखे। विद्यालय प्रशासनले नयाँ भवन र मञ्च निर्माणमा सहयोग गर्ने सबै निकायप्रति आभार व्यक्त गरेको छ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेश कुशवाहाको अध्यक्षता रहेको थियो भने विभिन्न दलका स्थानीय नेतादेखि अभिभावक, शिक्षक, विद्यार्थीको उल्लेख्य उपस्थिति रहेको थियो।
यता विधालयका अर्का जग्गा दाता विजय कुमार महतोले आफुलाई यस कार्यक्रममा पनि खोज पुछ नभएको गुनासो गरेका छन ।





प्रतिक्रिया दिनुहोस