“तरबार भन्दा कलम बलियो” कवि एवंम साहित्यकार(बिकास लुङ्गेली मगर)
779 Views
“तरबार भन्दा कलम बलियो”
धेरै दिन भयो
कलम बोकेर लडाइँमा निस्केको
निरन्तर नाप्दैछन काठमान्डौ
मिल्दैन हिसाब जोड घटाउ!
बिज्ञान र गणित को गुरुहरु
फेसबुक टिकटकमा छाएपनी
बाटोमै मादल बजाएर गाएपनी
चोक चोकमै चटक देखाएपनी
तन्त्र मन्त्रले मोहनी लगाएपनी
दिउँसै वीर मसान जगाएपनी
अहँ जाग्दै जाग्दैन सरकार!
सरकारी स्कुल को सन्नाटा
बोर्डिङ स्कुल को कोलाहल
अभिभावक को छट्पटी
सडकको नारावाजी
अहँ सरकार लाइ फरक पर्दैन।
भिड भड्कियो
जथाभावी लाठी बर्सियो
कतिपयको टाउको फुट्यो
ए सरकार कहिलेसम्म भनौ??
तरबार भन्दा कलम बलियो!
बिकास लुङ्गेली मगर २०८२/०१/१४पोखरा।





प्रतिक्रिया दिनुहोस