स्याङ्जाका १६ बिद्यालयलाई १ करोड ४० लाख कोरियन वन सहयोग
323 Views
सउल दक्षिण कोरिया । स्याङजा परिवार किम्हे बुसान शाखाले गृह जिल्लाका १६ बिद्यालयलाई १ करोड ४० लाख वन अर्थात् नेपाली करिब १४ लाख रुपैंया बराबरको आर्थिक सहयोग गरेको छ।
२०२४ फेब्रुअरी १० तारिक कोरियन नयाँ बर्ष सलनालको अवसर पारेर “स्याङ्जा बुसान सांगीतिक धमाका २०२४ “को ” परदेशीको हातेमालो, ग्रामीण शिक्षामा उज्यालो” मुख्य नाराका साथ सम्पन्न कार्यक्रमको मुनाफाबाट १६ बिद्यालयहरुलाई आर्थिक सहयोग वितरण गरेको स्याङजा परिवार किम्हे बुसान शाखाका अध्यक्ष आशिष रानाभाटले जानकारी दिएका छन् ।
एउटा असल मनसायले कार्यक्रम गरेर शिक्षा जस्तो बृहत क्षेत्रमा सहयोग गर्न पाउनु र यो अवसरको लागी जिम्मेवारी प्राप्त गर्नु आफ्नो लागी सौभाग्य मिलेकोकार्यक्रम संयोजक कमल अर्यालले बताए ।
आर्थिक सहयोग प्राप्त गर्ने विद्यालयले आफ्नो शैक्षिक तथा विद्यालयको भौतिक स्थितिलाई सुधार गर्नको लागी सदुपयोग हुने र केहि मात्रामा भए पनि सहयोग पुग्ने अपेक्षा गरेको अर्यालले बताए ।
संस्थाका संस्थापक अध्यक्ष राजेन्द्र प्रसाद लामिछानेले बिशुद्द सामाजिक सेवामा कार्य गर्ने उद्देश्यका साथ स्थापना गरिएको संस्था भएकोले सामाजिक कार्यमा संग्लग्न हुन पाउदा आफुलाइ गौरव लागेको बताए ।
संस्थाका संरक्षक सागर पोख्रेलले नेपालमा रहेर व्यस्तताका बाबजुत विद्यालयहरुलाई सहयोग गर्न पाउनु महत्वपूर्ण भूमिका निर्वाह गर्ने रिटर्निज कोरिया स्याङ्जा परिवार नेपालका संस्थापक अध्यक्ष धर्म गुरुङ, स्याङ्जा किम्हे बुसान शाखाका पूर्व अध्यक्ष जीवलाल काफ्ले, कोरियामा लामो समय रहेर स्याङ्जा परिवारका योगदान दिएका नवराज वाग्ले, हिमानी गुरुङ, बिपना गुरुङ, रमेश भट्टराई, प्रकाश लामिछाने, हिरण्यराज लामिछाने लगायत प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग पुर्याउने सम्पूर्ण प्रति स्याङ्जा परिवार बुसान शाखाको तर्फबाट धन्यवाद ज्ञापन गर्नुभएको छ।
स्याङजा परिवार किम्हे बुसान शाखालेले गृहजिल्लामा सहयोग गरेको विधालयहरुको नाम र ठेगना यस प्रकार छन्।
नाम र ठेगाना यस प्रकार छन्।
१. सरस्वती आधारभूत विद्यालय अर्जुन चौपारी ३ लाई रु १ लाख ३० हजार
२. श्री जनमावि अर्जुन चौपारी ४ रापाकोट लाई रु. १ लाख ३० हजार
३. राष्ट्रिय मावि गल्याङ ७ लाई रु १ लाख ३० हजार
४. ज्ञानोदय मावि गल्याङ ९ लाई रु १ लाख ३० हजार
५. राष्ट्रिय मावि आदिखोला ३ लाई रु १ लाख २० हजार
६. कालिका आधारभुत विधालय वालिङ ५ लाई रु ७० हजार
७. जेठी कन्या मावि वालिङ ४ लाई रु ७० हजार
८. कन्या आधारभूत विद्यालय वालिङ ५ लाई रु ७० हजार
९. महिमा मावि चिसापानी हरिनास २ लाई रु ५० हजार
१०. भानु मावि चापाकोट १ लाई रु ३० हजार
११. भविष्य निर्माण उच्च मावि बिरुवा ४ लाई रु ५० हजार
१२. विश्व शान्ति आधारभूत विद्यालय पुतली बजार नगरपालिका ११ लाई रु ५० हजार
१३. जनसहयोग भद्रनारायण आधारभूत विद्यालय फेदीखोला ४ गैरापट्टी लाई रु १ लाख ३० हजार
१४. जनहित मावि आँधीखोला १ पञ्चमूल लाई रु ७० हजार
१५. बाल ज्योति आधारभूत विद्यालय कालीगण्डकी ६ लाई रु ५० हजार
१६. श्री राधा दामोदर ज्ञान ज्योति संस्कृत मावि चापाकोट ७ लाई रु ७० हजार





प्रतिक्रिया दिनुहोस