फेदिखोला समाजको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
476 Views
पोखरा । बृहत फेदीखोला पोखरा सम्पर्क समाज पोखरा कास्कीको नयाँ वर्ष २०८२ को शुभ अवसरमा शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम शनिबार सम्पन्न भयो ।
कार्यक्रमका प्रमुख अतिथि संस्थाका आजीवन सदस्य, सल्लाहकार एवं अक्षयकोषदाता, गोर्खा स्मारक ट्रस्ट फेदीखोला १, रामकोट, साल्मेडाँडाका अध्यक्ष डा. चन्द्र बहादुर गुरुङले उद्घाटन गर्दै फेदिखोला सम्पर्क समाजले फेदिखोलेहरुको मनमन जोड्ने काम गरेको बताए ।
कार्यक्रममा फेदीखोला गाउँपालिका उपाध्यक्ष देउ कुमारी गुरुङ ‘चिजा’, संस्थाका सल्लाहकार तथा अक्षयकोषदाता मेजर डिल बहादुर गुरुङ्ग, निवर्तमान अध्यक्ष कृष्ण क्षेत्री, फेदीखोला गाउँपालिका वडा नं १ का अध्यक्ष अमृत क्षेत्री, नेकपा एमाले फेदीखोलाका अध्यक्ष हर्क बहादुर कार्की, नेपाली कांग्रेस फेदीखोलाका सभापति महेन्द्र थापा, सिद्धार्थ मा. वि. फेदीखोलाका प्रअ लक्ष्मण शर्मा पनेरु, संस्थाका आजीवन सदस्य कमल सुवेदीले शुभकामना मन्तव्य राख्नुभएको थियो।
संस्थाका प्रथम उपाध्यक्ष एवं कार्यक्रमका संयोजक विजय पौडेलले आमन्त्रित व्यक्तित्वहरुलाई स्वागत तथा संस्थाले गरेका कामहरुको बारेमा प्रकाश पार्नु भएको थियो भने कार्यक्रम सञ्चालन संस्थाका सचिव मीन प्रसाद सुवेदीले गरेका थिए ।
बृहत फेदीखोला पोखरा सम्पर्क समाजका अध्यक्ष जगदीश लामिछानेको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव मीन प्रसाद सुवेदीले गरेको थिइन ।





प्रतिक्रिया दिनुहोस