नेपाल र भारतका भुपुहरुको २८ बर्ष पछि पोखरामा पुनर्मिलन कार्यक्रम
480 Views
पोखरा । आर १२८ गोर्खा रेजिमेन्ट अन्तरगत ३/९ गोर्खा ट्रेनिङ सेन्टरको आयोजनामा नेपाल, दार्जिलिङ र देहरादुनका भारतिय भुपु सेनाहरुको पुनर्मिलन कार्यक्रम पोखरामा सम्पन्न भएको छ ।
भारतिय सेनामा विभिन्न स्थानबाट भर्ती भएर गोर्खा तालिम सेन्टरमा संगै तालिम गरेका गल्लाहरुको पारिवारिक पुनर्मिलन कार्यक्रमको साथै पोखरा, कुश्मा, बाग्लुङका पर्यटकीय क्षेत्रहरुको अबलोकन भ्रमण पनि सम्पन्न गरेको छ ।
२०२५ मार्च २८ देखि ३१ सम्म ४ दिनको भ्रमणले पोखरा भ्रमण बर्ष २०२५ को प्रबर्द्धन हुने कार्यक्रम संयोजक शम्भु क्षेत्रीले बताए ।
दार्जीलिङ समुहका संयोजक राजेश प्रधान सहित ६ परिवार, देहरादुन समुहका संयोजक दिपक थापा सहित २ परिवार आएका थिए । उक्त कार्यक्रमको संचालन नरेन्द्र कुमार कार्कीले गरेका थिए ।





प्रतिक्रिया दिनुहोस