घाम्लुङको गंगेकुल मन्दिरमा कुलपुजा सम्पन्न
373 Views
पोखरा । कास्की जिल्लाको मादी गाउँपालिका वडा नं. ३ पोखरा खेतमा अवस्थित गंगे कुलमन्दिरमा कुलपुजा तथा श्रीमद् भागवत वाचन गरिएको छ ।
साविक थुमाकोडाँडा गाविस हाल मादि गाउँपालिका वडा नं. ३ र ४ का हरेस्वारा, स्याँगे, पोखरा खेत र घाम्लुङका भारद्धाज गोत्रिय रानाभाट वन्धुहरुले हरेक ३÷३ वर्षमा कुल पुजा गर्दै आएको पुजा संयोजक ज्यो. रुद्रप्रसाद रानाभाटले वताए ।
कुल पुजाको साथमा वाचकी पं. विष्णु प्रसाद गौतम र उपवाचकी पं. शैलन्द्र रमण अधिकारी सहितको ब्राह्मणहरुद्धारा श्रीमद्भागवत, चण्डिपाठ, सत्यनारायण, रुद्री पुजा र होम गरिएको थियो ।
कुलपुजामा प्रत्यक्ष ११० घरपरिवार भएतापनि नाता इष्टमित्रहरु हजारौंको संख्यामा उपस्थिति रहेको उक्त कुलपुजा व्यवस्थित रुपमा संचालन गर्न मादी ३ का जनप्रतिनिधि तेजबहादुर रानाभाटको संयोजकत्वमा युवा परिचालन समिति, आर्थिक संकलन समितिको संयोजकमा लेखनाथ रानाभाट र भोजन व्यवस्थापन समितिको संयोजकमा पितृराज रानाभाट रहेका थिए ।





प्रतिक्रिया दिनुहोस