“सेवाका लागि युवा” संस्थाद्वारा पोखरामा सरसफाई अभियान सम्पन्न
281 Views
कास्की,१० फागुन । पोखरामा ‘सेवाका लागि युवा’ संस्थाको आयोजनामा सरसफाई अभियान सम्पन्न भएको छ ।
सेवाका लागि युवा नामक संस्थाको आयोजनामा शनिबार पोखरा–१ र २, विन्ध्यवासिनी देखि फिर्के पुलसम्मसरसफाई अभियान सफलतापूर्वक सम्पन्नगराईएको छ ।
उक्त सरसफाई कार्यक्रम बिहान ८:०० बजे सुरु भएको कार्यमा स्थानीय बासिन्दा, स्वयंसेवक तथा संस्थाका प्रतिनिधिहरूको उत्साहजनक सहभागितारहेको थियो ।

सरसफाई पश्चात विन्ध्यवासिनी चौतारामा समापन कार्क्रममा सम्बोधन गर्दै संस्थाको परिचय तथा धन्यवाद दिंदै
संस्थाका अध्यक्ष छेवाङ कर्मा तामाङ ले अभियानलाई निरन्तरता दिने जनाउँदै सहभागी सबैलाई धन्यवाद सहित आगमी दिनमा यस अभियानलेपोखरालाई सफा, सुन्दर, र हराभरा बनाउन उल्लेखनीय योगदान पुर्याएको बताउनुभयो ।
📞 थप जानकारीका लागि: ०६१–५८५६३१, ९८४१८२१५१९, ९८२४१०७५६०
🙏 सेवाका लागि युवा,पोखरा





प्रतिक्रिया दिनुहोस