‘पोखरा भ्रमण वर्ष २०२५’ घोषणा गर्ने तयारी, फेवाताल र फिर्केखोलाको मापदण्डबारे महानगरपालिका एक्सनमा उत्रने
275 Views
कास्की,१ फागुन। पोखरा महानगरपालिकाले यहिं फागुन ३ गते ‘पोखरा भ्रमण वर्ष २०२५’ घोषणा गर्ने तयारी गरेको छ ।
पोखरालाई पर्यटकीय र आर्थिक रुपमा चलायमान गराउन करिब २० लाख स्वदेशी एवं विदेशी पर्यटकलाई भित्र्याउने लक्ष्य राखिएको बताउँदै मेयरधनराज आचार्यले भ्रमण वर्षले कोरोनापछि सुस्ताएको पर्यटन बजारलाई माथि उकास्न मद्दत गर्ने बताए ।
भ्रमण वर्षकाबारे सटिक जानकारी दिँदै औपचारिक घोषणा भने फागुन ३ गते गरिने मेयर आचार्यको भनाई छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीनभ्रमणका अवसरमा चीनले नेपाल भ्रमण वर्ष घोषणा गरिदिएको बताउँदै उनले पोखरालाई धेरै राहत हुने उल्लेख गरे ।
‘चीनबाट र भारतबाट विदेश घुम्ने १८ करोड पर्यटकको सानो हिस्सामात्रै पोखरा आए त्यसले यहाँको आर्थिक पक्षलाई बलियो बनाउने विश्वास छ’ आचार्यले भने ।
भ्रमण वर्ष सफल बनाउन मेयर आचार्यको मूल संयोजकत्वमा विभिन्न उपसमितिसमेत गठन गरिएको छ । पोखरालाई पर्यटकीय राजधानी घोषणा गरेपछित्यसको केही सकारात्मक लक्षण देखिएको भन्दै उनले पोखराको विकासकालागि बाह्य सहयोग र अनुदान आउने क्रममा रहेको जनाए ।
उक्त अवसरमा पत्रकारहरुले हाल चर्चामा रहेको कोटीहोम हुने वा नहुने ? प्रश्न गरेपनि उनले यस विषयमा केही दिनपछि सबै जानकारी दिने बताए ।त्यस्तै, फेवाताल र फिर्केखोलाको मापदण्डबारे भने अब महानगरपालिका एक्सनमा जाने तयारीमा रहेको उनले बताएका छन् ।





प्रतिक्रिया दिनुहोस