संगम बचत तथा ऋण सहकारीको अर्ध वार्षिक समिक्षा
293 Views
पोखरा २१ माघ , संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेड , पोखरा १५ ले आफ्ना विभिन्न समिति , उपसमिति र उच्चपदस्थ कर्मचारी समेतको उपस्थितिमा चालू आर्थिक वर्षको अर्धवार्षिक समीक्षा सम्पन्न गरेको छ ।
‘ सहि बाटो हिडियो भने ढिलो चाँडो गन्तव्यमा पुगिन्छ , गलत बाटो हिडियो भने दुर्घटनामा परिन्छ । ‘ भन्ने शुभ भावका साथ कार्यालय प्रमुख बृहस्पति अधिकारीले संस्थागत प्रस्तुति राखि सुरु भएको समीक्षा बैठकमा संस्थाको बिगत र वर्तमान अवस्थाको बारेमा छलफल गर्दै आगामी योजना पनि प्रस्तुत गरे ।
यसैगरी संस्थाका अध्यक्ष नब राज तिवारीले यस वर्ष गण्डकी प्रदेशकै उत्कृष्ट सहकारीको सम्मान पाउन सफल भएकोमा खुसी व्यक्त गर्दै बिगत देखि वर्तमान सम्मका सबै सेयर सदस्य र कर्मचारीप्रति आभार व्यक्त गरे ।
सल्लाहकार संयोजक निरज थापाले भाखा नाघेको ऋण चार प्रतिशत भन्दा पनि कम हुनु आफैमा राम्रो भएकोले अब ब्रान्ड लिने तर्फ अगाडी बढ्न सुझाए । सल्लाहकार सन्तोस पोखरेलले संगम सहकारीले कमाएको ख्यातिलाई कायम राख्दै अझ उचाई तर्फ लम्कोस् भनी शुभकामना व्यक्त गरे ।
संस्थाका सचिव एवम् कास्की जिल्ला सहकारी संघका संचालक सदस्य धनराज पुरीले सरकारले हालै ल्याएको सहकारी अध्यादेशमा सकारात्मक कुराहरु हुँदाहुँदै पनि तत्काल सच्याउनु पर्ने बिषय पनि भएकाले सम्बन्धितको ध्यानाकर्षण गराए ।





प्रतिक्रिया दिनुहोस