कलाकार मुल्मीको एकल चित्रकला प्रदर्शनीको समापन
516 Views
पोखरा माघ ८ गते, वरिष्ठ कलाकार राधेश्याम मुल्मीका चित्रकलाकृतिहरुको प्रदर्शनी हेमकान्ती आर्ट ग्यालरी, रानीपौवामा माघ ५ गतेदेखि भैरहेको थियो । त्यसको आज एक समारोहबीच समापन गरिएको छ ।
पोखरेली युवा साँस्कृतिक परिवारको कला विभागको आयोजनामा भैरहेको चित्रकला प्रदर्शनीमा पोखरेली कलाप्रेमीहरुले सुरुचिपूर्वक अवलोकन गरेका थिए ।
कलाकार मुल्मीलाई पोखरेली युवा साँस्कृतिक परिवारले हालै ललितकला पुरस्कार पनि प्रदान गरेको थियो ।
आजको समापन समारोहमा प्रमुख आमन्त्रित व्यक्तित्व शिक्षासेवी जोर्ज जोनले मुल्मीका चित्रकला दार्शनिक भावभूमिमा सिर्जना गरिएको र अत्यन्तै सुन्दर भएको भनि प्रशंसा गर्नुभयो ।
कार्यक्रममा वरिष्ठ कलाकार दुर्गा बराल र तीर्थ श्रेष्ठले पनि मन्तव्य दिनुभएको थियो ।
कलाकार मुल्मीले आँफुले पनि कलासाधनामा लाग्नेहरुलाई प्रोत्साहित गर्न योगदान दिने भन्दै दुई लाख रुपैयाँ रकम पुरस्कार कोषका लागि प्रदान गर्ने वचन दिनुभयो ।
पोखरेली युवा साँस्कृतिक परिवारका उपाध्यक्ष लक्ष्मण थापाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य वरिष्ठ कलाकार एवं संस्थाको सल्लाहकार बुद्धि गुरुँगले गर्नुभएको थियो भनें कार्यक्रमको संचालन संस्थाका सचिव एमडी काफ्लेले गर्नुभएको थियो ।





प्रतिक्रिया दिनुहोस