अवैध रुपमा टर्कीमा रहेका पाँच नेपालीलाई टर्कीले गर्यो निष्काशन
248 Views
कास्की,६ माघ।युरोपेली देशको रुपमा चिनिएका टर्कीले अवैधरुपमा बसेका पाँचजना नेपालीलाई निष्काशन गरेका छन्। उनीहरू गत शनिबार टर्किस एयरलाइन्सको जहाजबाट काठमाडौं आइपुगेका छन्।
अवैधरुपमा बसेको थाहा पाएपछि टर्कीको प्रहरीले उनीहरूलाई केहीदिनअघि पक्राउ गरेका थिए। निष्काशित हुनेहरूमा जीवन राज आङदाम्बे,राजु सुनुवार,गोविन्द श्रेष्ठ,नरध्वज थारु र श्रीष थापा रहेका छन्। स्रोतका अनुसार पक्राउ परेका नेपालीहरू टर्कीलाई ट्रान्जिट बनाइ युरोप र अमेरिका छिर्ने प्रयासमा थिए। उनीहरूलाई काठमाडौंबाट मानव तस्करको सञ्जालले त्यहाँ पुर्याएको हुनसक्ने आशङ्का गरेका छन्।
उनीहरूको साथमा आफ्नो राहदानीसमेत नभएको खुलेको छ। ट्राभल डकुमेन्ट बनाएर उनीहरू नेपाल आएका हुन्। उनीहरूलाई मानव तस्करकै सञ्जालले त्यहाँ अलपत्र पारेको बताए। लुकिछिपी बसेका उनीहरूलाई टर्कीको अध्यागमन प्रहरीले पक्राउ गरी निष्काशन गरेको हो।टर्कीमा रहेका बेला उनीहरूले क-कस्तो काम गरेका थिए भन्ने विषयमा भने खुलाएका छैनन् ।





प्रतिक्रिया दिनुहोस