रोसन तामाङ र अन्जु ब्लोनको अभिनयमा रहेको प्रेम गित ”सुस्तरी” सार्वजनिक
471 Views
नायक तथा तामाङ चलचित्र संघ बागमती प्रदेशको उपाध्यक्ष रोसन तामाङ र अन्जु ब्लोनको अभिनयमा रहेको प्रेम गित ”सुस्तरी” सार्वजनिक भएको छ।
बिगत लामो समय देखि कलाकारिता गर्दै आइरहेका नायक रोसन तामाङको दुई दर्जन भन्दा बढी म्युजिक भिडियो बजारमा सार्वजनिक भइसकेको नायक बताउनु हुन्छ। तामाङ भाषामा बनेको तिल्दा , तिङला पुजु , खाइराङबा माया जस्ता चलचित्रमा अभिनय गरीसकेको तामाङ यति बेला म्युजिक भियोमा बढी ब्यस्त र लगाभ देखाउन थालेको छ।
नेपालि प्रेम गित ” सुस्तरी ” गायक समर तामाङ र चर्चित गायिका अनु चौधरीको आवाजमा रहेको गितको शब्द इन्द्र लामा , संगित / संयोजन कर्साङ लामाले गरेका हुन।
सोहि गितको भिडियो तर्फ कथा लेखन रोसन तामाङले गरेका हुन भने निर्देशन मन्दिप राना , क्यामेरा राहुल राई, इडिट कलर दिनेश कोइरालाले गरिएको छ। रोसन तामाङ , अन्जु ब्लोन र अमृत लामालाई अभिनयमा देख्न सक्नुहुन्छ।
रोशन र अन्जुको प्रेम लामो समय सम्म चली रहदा अन्तत अन्जुले रोशनलाई धोका दिएको भिडियोमा प्रस्तुत गर्न खोजेको छ। प्रेमको जन्जिरमा परेको नायक रोशनलाई अन्तिम घडीमा अन्जुले धोका दिइ अमृत लामा सङ्ग हिडेको र रोशन बिचल्लिमा परेको कथामा देखाइएको छ।
सुस्तरी प्रेम गितको भिडियो रोसन तामाङ अफिसियल युट्युब च्यानल बट सार्वजनिक भएको नायक बताउनु हुन्छ।





प्रतिक्रिया दिनुहोस