सोनाम ल्होछारलाई प्रर्वदन गर्नुपर्छ भन्ने उद्देश्यका साथ पोर्चुगलको पेगोइसमा कार्यक्रम हुदै
936 Views
तामाङ समुदायहरुको महान सांस्कृतिक पर्व सोनाम ल्होछारको अवसरमा स्वदेशमा मात्रै नभई विदेशमा पनि प्रर्वदन गर्नुपर्छ भन्ने उद्देश्यका साथ पोर्चुगल तामाङ समाज पेगोइसको सक्रियतामा मन्जुश्री सम्बत २८६१ औ (डुल ल्हो) सोनाम ल्होछारको अवसरमा शुभकामना आदनप्रदान कार्यक्रम आयोजना गरिने भएको छ ।
यूरोपेली मुलुक पोर्चुगलको पेगोईसमा बसोबास गर्दै आइरहेका तामाङहरूको अग्रसरतामा ९ जनाको आयोजक समिती रहेको र तामाङ समाज पेगोईसको आयोजनामा उक्त कार्यक्रम गरिने भएको हो।
उक्त कार्यक्रममा तामाङ भेषभूषामा सजिएर, पौराणिक खानपिन तथा विभिन्न सांस्कृतिक कार्यक्रमहरुको साथमा मनाउने सोही कार्यक्रम निकैनै पृथक र विषेश हुने कार्यक्रमका संयोजक डेबिड लामाले बताउनुभयो । सोही क्षेत्रमा रहनुहुने व्यावसायिक समाजसेवी तथा अग्रजहरूलाई सम्मान गर्दै ल्होछार सम्बन्धी केहि सन्देशमूलक कार्यक्रमहरू पनि रहेको जनाइएको छ।
आयोजक समितिमा संघर्ष लामा, रमेश लामा, तेन्जिङ लामा, डेबिट लामा, मनबिर लामा, रमेश तामाङ, चरीमाया तामाङ, पुष्ण घले तामाङ, सुकु तामाङको आयोजनामा हुने उक्त कार्यक्रममा गैर तामाङहरू पनि उपास्थित हुने र कला प्रदर्शन गर्ने उक्त कार्यक्रमका संयोजक डेबिट लामा ले बताउनुभयो ।






प्रतिक्रिया दिनुहोस