कुँवर समाज समितिको आँखा शिविर सम्पन्न
414 Views
पोखरा । पोखरा महानगरपालिका वडा नं. ८ मा रहेकोे कुँवर समाज समितिको आयोजनामा वडा नं. ८ को आर्थिक सहयोगमा कुँवर टोलमा रहेको कुँवर समाज समितिको भवनमा जेष्ठ नागरिक आँखा जाँच घुम्ती शिविरकार्यक्रममा १५५ जनाले आँखा जाँच गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगर पालिका वडा नं. ८ का वडा अध्यक्ष रुद्रनाथ बरालले वडाको विकास निर्माणका साथ साथै नागरिकको स्वास्थ्य प्रति पनि वडा कार्यालयले सहकार्य गरेर काम गर्दै आएको वताएका थिए ।
सो अबसरमा स्वतन्त्र पत्रकार संघ कास्कीका अध्यक्ष कृष्ण रानाभाट, पोखरा ८ का वडा सदस्यहरु हिराकाजि श्रेष्ठ र गोबिन्द बराल, श्री भवानी आमा समुहकी अध्यक्ष मधु कुँवर, हिमालय आँखा अस्पतालका डा. दिपेस मल्ल ठकुरीले सामान्य अवस्थामा हरेक व्यक्तिले नियमित रुपमा ३ देखि ६ महिनामा एक पटक आँखा जाँच गर्नुपर्ने बताएका थिए ।
आँखा अस्पतालबाट डा. दिपेस मल्ल ठकुरी को साथमा इश्वर मानन्धर, अन्किता परियार, बिन्दु साँखि, अर्सु केसी, कृष्टिना खड्का सहभागी भएका थिए ।
समितिका अध्यक्ष कृष्ण कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत युथ अफ कुँवरटोलका अध्यक्ष राजु कुँवर र संचालन सचिव लक्ष्मी कुँवरले गरेकी थिइन् ।





प्रतिक्रिया दिनुहोस