गण्डकीमा मनाइयो भूपी जयन्ती
548 Views
पोखरा १२ पौष । पोखरास्थित गण्डकी बोर्डिङ स्कुलमा साहित्यकार भूपी शेरचनको जन्मजयन्ती कविता लेखन तथा वाचन कार्यक्रम भव्यताका साथ मनाइएको छ । विद्यालयका संस्थापक सदस्यसमेत रहेका शेरचनको स्मरण र सम्मानमा ८९ औँ जन्मजयन्तीको अवसर पारी उक्त कार्यक्रमको आयोजना गरिएको हो ।
विद्यालयको स्थापना र विकासमा महत्त्वपूर्ण योगदान पु¥याएका शेरचनको स्मृतिमा विद्यालयले आयोजना गरेको भूपी कविता लेखन तथा वाचन कार्यक्रम तयार गरी विद्यालयका कक्षा ९ देखि १२ कक्षासम्मका विद्यार्थीलाई प्रतिस्पर्धामा सहभागी गराइएको थियो । उक्त प्रतियोतामा समावेश भएका उत्कृष्ट पाँच कविता कार्यक्रममा छात्रछात्राले वाचनसमेत गरेका थिए ।
कार्यक्रको सञ्चालन नेपाली भाषा विभागका शिक्षक सोमनाथ सुवेदीले गर्नुभएको थियो । कार्यक्रमा नेपाली भाषा विभाका विभागीय प्रमुख केदार ढकालले कवि भूपीको योगदानको चर्चा गर्दै सम्मानस्वरूप कविता वाचनसमेत गर्नुभएको थियो ।
कार्यक्रममा विद्यालयमा कक्षा सातमा अध्ययनरत छात्रा अनास्तासिया थापाले साहित्यकार शेरचनको जीवनी वाचन गर्नुभएको थियो । कार्यक्रमा बोल्दै विद्यालयका प्राचार्य डाक्टर विश्वयुधिर पौडेल घर्तीले शेरचनको साहित्यिक व्यक्तित्त्व र विद्यालय स्थापनामा उहाँले पु¥याउनुभएको योगदानको स्मरण गर्दै स्रष्टाको सम्मानमा विद्यालयले वार्षिक रूपमा यो कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जाहेर गर्नुभयो । उहाँले कार्यक्रममा उपस्थित शिक्षक, विद्यार्थी, कर्मचारीलाई धन्यवाद व्यक्त गर्दै विद्यार्थीको व्यक्तित्त्व विकासमा यस्ता साहित्यिक तथा ज्ञानवद्र्धक कार्यक्रम निरन्तर सञ्चालन गरिने विचार व्यक्त गर्नुभयो । कार्यक्रम विद्यालयको प्राङ्गणमा सञ्चालन भएको थियो ।





प्रतिक्रिया दिनुहोस