मन्त्री थापाद्वारा रानाभाट समाज घर उद्घाटन
388 Views
पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक बिकास, युवा तथा खेलकुद मन्त्री बिन्दु कुमार थापाले रानाभाट तथा भाट समाज नेपाल पार्दि बिरौटा इकाईले पोखरा १७ काउसे घारीमा निर्माण गरेको भवन बुधबार उद्घाटन गरेका छन् ।
उनले रानाभाट बन्धुहरुको एकताले समाज निर्माण र देश बिकासमा महत्त्वपूर्ण भुमिका खेल्ने बताउँदै भवनका अपुरा काम पुरा गर्न प्रदेश सरकारको तर्फबाट सहयोग गर्न पहल गर्ने बताए ।
सो अबसरमा गण्डकी प्रदेश सांसद भिम कार्की, पोखरा १७ की वडा अध्यक्ष राधिका शाही योगी, रानाभाट समाजका संस्थापक उपाध्यक्ष खड्गबहादुर रानाभाट, बर्तमान केन्द्रिय उपाध्यक्ष श्रीबहादुर रानाभाट, समाजका गण्डकी प्रदेश अध्यक्ष पुर्व प्रनी सुरज रानाभाट, समाजसेवी देबराज आचार्य लगाएतले बोलेका थिए ।
इकाइ अध्यक्ष डिलमाया रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा सचिव सिता रानाभाट (जयन्ती ) ले संचालन गरेकी थिइन् ।





प्रतिक्रिया दिनुहोस