गुप्तेश्वर गुफा र डेभिजफलमा सभामुख तथा बिशिस्ट ब्यक्तित्वलाई स्वागत
492 Views
पोखरा । पोखरा महानगरपालिका वडा नं १७ छोरेपाटनमा रहेकोे पर्यटकीय स्थल गुप्तेश्वर महादेव गुफा र डेभिजफलमा प्रतिनिधि सभाका सम्माननीय सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष नारायण दाहाल लगाएतको टोलिले भ्रमण गर्नु भएको छ ।
अन्तर ब्यबस्थापिका मञ्चको १० औं सम्मेलनको अबसरमा गण्डकी प्रदेशको राजधानी पोखरामा आएको उक्त टोलिमा प्रतिनिधि सभाका माननीय उपसभामुख, राष्ट्रिय सभाका माननीय उपाध्यक्ष तथा ७ बटै प्रदेश सभाका माननीय सभामुख एवम् उपसभामुखहरु, संघीय संसदका महासचिव, राष्ट्रियसभाका सचिव, संघिय सचिवालयका सचिवहरु र सवै प्रदेशसभाका सचिवहरु सहभागी हुनुहुन्थ्यो ।
उहाँहरुलाई गुप्तेश्वर महादेव गुफा ब्यवस्थापन समितिका अध्यक्ष लछुमण बाँस्तोला तथा सम्पुर्ण समितिका पदाधिकारी तथा सदस्यहरुले स्वागत सम्मान गर्नु भएको थियो भने संस्थाको गतिविधिका बारेमा समितिका बरिष्ठ उपाध्यक्ष युवराज लामिछाने (युवक) ले जानकारी गराउनु भएको समितिका कार्यबाहक सचिव उत्तम सिग्देलले बताउनु भयो ।
त्यसै गरी छोरेपाटन माबिले २०३४ सालदेखि हकभोग गर्दै आएको डेभिजफलको पनि अबलोकन गर्नु भएको थियो । त्यस अबसरमा उहाँहरुलाई विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष बद्रीनाथ पहारी, प्रधानाध्यापक डिल्लीराम शर्मा भुसाल, शिक्षक, कर्मचारी, भुपु विद्यार्थी मञ्चका पदाधिकारी लगाएतले स्वागत गर्नु भएको थियो ।





प्रतिक्रिया दिनुहोस