गण्डकी प्रदेश फेन्सिङ संघको दोस्रो साधारण सभा सम्पन्न
755 Views
पोखरा । गण्डकी प्रदेश फेन्सिङ संघको दोस्रो साधारण सभा शनिबार पोखरामा सम्पन्न भयो ।
कार्यक्रमको प्रमुख अतिथि गण्डकी प्रदेश खेलकुद परिषद् सदस्य बिनय थापाले ब्यानर बाचन गरेर कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । उहाँले संघलाइ ब्यबस्थित गर्दै बार्षिक कार्यक्रम बनाएर खेलकुदका गतिविधि अगाडी बढाउन आग्रह गर्नु भएको थियो ।
कास्की जिल्ला फेन्सिङ संघका अध्यक्ष अमृत पोख्रेलले खेलाडीहरुको कुशल खेल प्रदर्शन तथा प्राप्त गरेको उपलब्धिले हाम्रो संघको गरिमा बढाउने काम गर्नु भएको बताउँदै खेलको माध्यम बाट संघ, पोखरा र गण्डकी प्रदेशको मान बढाउन योगदान पुग्ने बिश्वास गरेका थिए ।
सभामा कोषाध्यक्ष प्रदीप छिन्दालले आर्थिक प्रतिबेदन र सचीव सन्दीप बरालले वार्षिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा भारत्तोलन संघका राजन बडगामी, खेलाडी, पत्रकार लगाएतको उल्लेख्य उपस्तिथि रहेको थियो ।
संघका अध्यक्ष बिजय शाहीको अध्यक्षतामा भएको कार्यक्रममा कार्य समिति सदस्य शिव शर्माले स्वागत र संचालन कार्यसमिति सदस्य महेश पौडेलले गरेका थिए ।





प्रतिक्रिया दिनुहोस