चट्याङ पर्दा दैलेखमा चार जना घाइते
375 Views
दैलेख । चट्याङ पर्दा दैलेखमा चार जना घाइते भएका छन् । शनिबार साँझ परेको चट्याङले महावु गाउँपालिका–२, पिपलपाटा निवासी ३० वर्षीय डिल बहादुर सुनार, २३ वर्षीय नगेन्द्र सुनार र ९ वर्षीय महेश सुनार घाइते भएका छन्।
यस्तै भगवतीमाई गाउँपालिका–१, राँका भन्ने ठाउँका २६ वर्षीय रेमश थापा पनि घाइते भएको प्रहरीले जनाएको छ ।
महावुका घाइते ३ जनामध्ये २ जनाको अवस्था सामान्य रहेको छ भने बढी असक्त भएका नगेन्द्र सुनारको मुटुको चाल असामान्य रहेकोले दैलेखमा उपचार सम्भव नभएपछि प्रदेश अस्पताल सुर्खेत रिफर गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख सुनिल दाहालले जानकारी दिए ।





प्रतिक्रिया दिनुहोस