पोखरामा २६३ औं नियमित साहित्य वाचन सम्पन्न,
521 Views
कास्की,१ भदौं । साहित्य शृङ्खला पोखराको २६३ औं नियमित रचना वाचन कार्यक्रम विशिष्ट प्रगतिबादी साहित्यिक स्रस्टाहरुको उपस्थितिमा पश्चिमान्चल मा वि गैह्रापाटनको सभाहलमा भव्य रुपमा सम्पन्न भएको छ।
साहित्य शृङ्खलाका सल्लाहाकार बाम बुद्धिजिवी रामराज रेग्मीले संस्थामा आ-आफ्नो कमजोरी समस्यालाई थाती राख्दै उपस्थित भएर कार्यक्रमलाई निरन्तरता दिन सकेकोमा खुसी ब्यक्त गर्नु भयो । कविताहरु साना हुन्छन तर शसक्त हुन्छ्न ।आम मानिसका पक्षपोषण गर्न साहित्य रचना मार्फत गर्न सकिने, कला गला हुनेले बाजा बजाएर ,गाएर ,कथा कविता अन्य साहित्यिक रचनाहरु मार्फत जनताहरुलाई सचेत गर्दै एक ढिक्का बनाएर अघि बढ्नु पर्ने कुरा सुझाउनु भयो।
प्रकृतिको सृष्टि कसैले बिनास गरेर सक्दैन।अप्ठ्यारा समस्यामा निराश हुन आवश्यक छैन भन्दै हाम्रो संस्कृती व्यक्तिवादी होइन,सामुहिक हो,प्रगतिवादीहरुको कल्चर एउटालाई परेको समस्यामा सबैले सहयोग गर्नु हो भन्ने कुरालाई जोड दिनुभयो।
नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य नारायण मरासिनीले बाचित रचनाहरुको मिहिन रुपमा समीक्षा गर्दै जीवन जगतलाई सुन्दर बनाउन सुन्दर सङ्गालोहरुको रचना आवश्यक पर्ने कुरा सो अवसरमा औंल्याउनु भएको थियो।
कुनै एउटा विधामा मात्र लाग्दा सफलता पाइने भएकाले आफू पनि आजकल कथालाई मुख्य विषयवस्तु बनाउदै लागिपरेको कुरा दर्साउंनुभयो ।आफ्नो कथा संग्रह “घैंटीको मूल्य”२०८१ भाद्र ४ गते लोकार्पण हुने भएकाले सबैलाई उपस्थित भएर सहयोग गरिदिनका लागि अनुरोध समेत गर्नु भयो ।
शृङ्खलाका पुर्व संयोजक भिम रानाभाटले आफुलाइ यो संस्थाको माया अधिक भएको हुनाले भ्याए सम्म कार्यक्रममा उपस्थित भैरहने प्रण गर्दै निरन्तर शृङ्खलाको उत्तोरोत्तर प्रगतिको समेत कामना गर्नु भयो।
सानी नानी अद्भिक सुबेदीले चरिलाई माया कविता वाचन गरेकी थिईन् ।





प्रतिक्रिया दिनुहोस