पोखरामा छाबा भनेर चिनिने सुशील कार्की जङ्गलमा झुण्डिएको अवस्थामा फेला
390 Views
कास्की,२९ जेठ । पोखरामा छाबा भनेर चिनिने २८ वर्षीय सुशील कार्कीले आत्महत्या गरेका छन। उनी आज दिउसो करीब ११ बजेको समयमा पोखरा महानगरपालिका वडा नम्बर २६ स्थित टाइगर टप्स होताल नजिक रहेको जंगलमा झुण्डिएको अवस्थामा फेला परेका हुन्।
केही दिन अघि मात्र उनी समेतका दुई जनालाई जिल्ला अदालत कास्कीले मणिपाल शिक्षण अस्पताल तोडफोड र डाक्टर कुटपिट गर्ने कार्यमा संलग्न रहेकोमा दोषी ठहर गर्दै जरिवाना तथा जेल सजायंको फैसला गरेको थियो।
जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीका अनुसार, अदालतले उक्त मुद्दामा छावा भनिने सुशील कार्कीलाई अदालतले ३ महिना कैद र ५ हजार जरिवाना हुने फैसला गरेको थियो भने विनय गुरुङलाई छ महिना कैद र १० हजार जरिवाना हुने फैसला गरेका छ । उनीसंगै सोहि आरोप लागेका अन्य १७ जनालाई भने अदालतले आरोपबाट सफाई दिएको थियो।
यसअघि पनि २०८० असोज २६ गते जिल्ला अदालत कास्कीले उनीहरुलाई धरौटीमा छाड्न आदेश दिएको थियो । तोकिएको कारागार सजायभन्दा धेरै जेलमा थुना बसिसकेको हुँदा विनय र सुशील पनि रिहा भएका थिए।
०८० भदौ ८ गते लमजुङकी ५७ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएपछि आक्रोशित आफन्तले डाक्टर अनिल शाहमाथि कुटपिट र अस्पतालमा तोडफोड गरेका थिए । उक्त घटनामा संलग्न भएको भन्दै कास्की प्रहरीले १९ जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । तथापि ९ जनालाई मात्र नियन्त्रण लिएर अनुसन्धान गरेको थियो ।





प्रतिक्रिया दिनुहोस