सोमबार दिउँसो ३ बजे सेती नदीको ड्याम खोलिने हुँदा सतर्कता अपनाउन कास्की प्रहरीको अनुरोध
288 Views
कास्की, १९ चैत। आज सोमबार पोखरा–१६ दिपस्थित नहरको ड्याम खोली सेती नदीको पानीको वहाव बढाईने हुँदा सर्तकता अपनाउन जिल्ला प्रहरी कार्यालय कास्कीले अनुरोध गरेको छ । पोखरा–११ बस्ने सुगम बास्तोला पोखरा–३, नदीपुरस्थित पुरानो पुलबाट सेती नदीमा हाम फालि वेपत्ता भएकोमा खोजतलास गर्नका लागि दिपस्थित ड्याम खोल्ने तयारी प्रहरीले गरेको हो ।
उक्त दिन नदी वरिपरि काम गर्ने तथा आवातजावात गर्ने मानिसहरु चनाखो भई कार्य गर्न, नदिको किनारमा नजानु हुन र सुरक्षा सतर्कता अपनाउनु हुन कास्की प्रहरीले सूचना जारी गरेको छ । गत फागुन १८ गतेदेखि वेपत्ता सुगमको खोजतलास गर्न प्रहरीले यसअघि फागुन २२ गते पनि सेती नदीको वहाव बढाई खोजतलास गरेको थियो ।
सो क्रममा फेला नपरेपछि पुनः सेती नदीको ड्याम खोली खोजतलास गर्न निवेदन परेसँगैं प्रहरीले चैत १९ गते दिउँसो ३ बजेदेखि सेती नदीको ड्याम खोल्ने तयारी गरेको एसपी मोहनकुमार थापाले जानकारी दिनुभयो ।





प्रतिक्रिया दिनुहोस