धनगडीमा व्यवसायीले गरे आत्मा हत्या
341 Views
कैलाली, १० माघ । धनगडीका एक व्यवसायी घरको छतबाट हाम फालदा घाईते भएका सनतोष अग्रवाल नाम गरेका व्यक्ति अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । छोरालाई तिम्रो आमालाई बोलाऊछु भनेर गएका सन्तोष अग्रवाल सधैका लागि गएका छन । अहिले सन्तोष अग्रवालले आफ्नै घरको पाच तलाबाट हाम फालेको भिडियो सामाजिक संजालमा सार्वजनिक भएको छ ।
धनगडी उपमहानगरपालिका वडा नं ४मा बस्ने ५३ वर्षीय सन्तोष अग्रवालको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बुधबार बिहान ११ बजेर २६ मिनेटमा उनि छतबाट हाम फालेका थिए । घाईते अवस्थामा भुईमा बजारिएका उनको उपचारका लागि धनगडीकै नवजीवन अस्पतालमा लागिएको थियो तर उनलाई डाक्टरलेनै मृत घोषर्णा गरेको जिल्ला प्रहरी कार्यलय कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक कुलदिप चन्दले जानकारी दिएका छन् । उक्त घटना बारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।
स्थानीयले घरयासी विवादका कारण अग्रवालले आत्मा हत्या गर्ने सोचले छतबाट हाम फालेको बताएका छन् , तर प्रहरीले भने उनले के कारणले हाम फाले भन्ने विषयमा अनुसन्धान गरिरहेको छ । अग्रवाल लामो समय देखि धनगडी कस्मेटिक सामानको होलसेल व्यापार गर्दै आईरहेका थिए । पछिल्लो समय बसपार्क छेउमा उनले आफ्नै पांच तले घर बनाएर तल्लो भुई सटरमा व्यवसाय संचालन गर्दै आईरहेका थिए ।





प्रतिक्रिया दिनुहोस