प्रहरी चौकी भवन बनाउन ८ दाजुभाईले गरे जग्गा सहयोग
751 Views
रोमन लामा
रामेछाप २० वैशाख खोज मिडिया। रामेछाप जिल्लाको सुनापती गाउँपालिका र खाँडादेवी गाउँपालिकाको संगम स्थल अर्थात खाँडादेवी गाउँपालिकाको वडा–१ लुभुघाट बजारमा प्रहरीको चौकी भवन बनाउनका खातिर त्यहाँकै एक स्थानीय थलमान माझी लगायतका ८ भाइ मिलेर जग्गा सहयोग गरेका छन् । स्थानीय थलमान माझी लगायतका ८ भाइ मिलेर १ रोपनी जग्गा लुभुघाट प्रहरी चौकीका लागि सहयोग गरेका छन्। थलमान माझी, मोहन कुमार माझी, खड्ग बहादुर माझी, पुर्ण बहादुर माझी, धनवीर माझी, वीर बहादुर र शिर बहादुर माझी लगायतका ८ दाजुभाईले उक्त जग्गा सहयोग गरेका हुन् ।

८ दाजुभाई मिलेर दिवंगत आमाबुबा फुलमाया माझी र कृष्णमाया माझी तथा डण्डे माझीको स्मरणमा उक्त जग्गा दान गरेको वडा नं -१ का वडा अध्यक्ष विष्णु कुमार श्रेष्ठले खोज मिडियासँग बताउनु भएको छ। माझी परिवारले आफुहरुले प्रहरी चौकी लुभुघाटलाई सहयोग गरेको जग्गाको लालपुर्जा जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी नवराज ढुंगानालाई हस्तान्तरण गरेका हुन्।

प्रहरीचौकी लुभुघाटस्थित माझी बस्तीसँगै रहेको जग्गा खाँडादेवी गाउँपालिकाले सम्याइदिने र बजेटको व्यवस्था गरेर छिटै नै भवन बनाउने जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।





प्रतिक्रिया दिनुहोस