छोरेपाटन भुपु विद्यार्थी मञ्चद्धारा छोरेपाटनमा सरसरफाई
329 Views
पोखरा । छोरेपाटन माबि भुपु विद्यार्थी मञ्चल छोरेपाटन विद्यालयको ४५ औं वार्षिकोत्सब तथा अभिभावक दिवसको अबसरमा सोमबार सरसफाई कार्यक्रम गरेको छ ।

भुपु विद्यार्थी मञ्चका अध्यक्ष कृष्ण रानाभाटको नेतृत्वमा विद्यालय परिसर तथा सिद्धार्थ राजमार्गको चौकी देखि शीतल वचत सहकारी कार्यालयसम्म सरसफाइ तथा सचेतना कार्यक्रम गरेको थियो ।
सो अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वद्रीनाथ पहारी, सहप्रधानाध्यापक खेमराज वराल (ध्रुब), डेभिज फल क्लबका अध्यक्ष विनम गुरुङ, मञ्चका वरिष्ट उपाध्यक्ष हिमलाल उपाध्याय, उपाध्यक्ष कृष्ण पोख्रेल, सचिव शालिकराम भण्डारी, सहसचिव ज्योति हमाल, सहकोषाध्यक्ष गणेश घर्ति क्षेत्री, सदस्यहरु शिवराज न्यौपाने, रामचन्द्र वराल, पुर्व विद्यार्थीहरु, विद्यालयमा अध्ययनरत कक्षा ११÷१२ का विद्यार्थीहरु, शिक्षक तथा कर्मचारीहरुको सहभागिता रहेको कार्यक्रम संयोजक केदार पहारीले वताए ।
मञ्चले विद्यालयको वार्षिकोत्सवको अवसरमा आयोजना हुने रक्तदान कार्यक्रमलाई पनि सहयोग गर्दै विद्यालयले प्रदान गर्दै आएको अनुशासन तथा जेहेन्दार विद्यार्थी पुरस्कार थप एक जान विद्यार्थीलाई प्रदान गरिने मञ्चका सदस्य शिवराज न्यौपानेले वताए ।





प्रतिक्रिया दिनुहोस