छोरेपाटन माबीमा रक्तदान कार्यक्रम हुने
309 Views
पोखरा । युवा रेडक्रस सर्कल छोरेपाटन माबिको आयोजनामा विद्यालयको ४५ औं वार्षिकोत्सब तथा अभिभावक दिवसको अबसरमा पुस १७ गते रक्तदान जीवन दान, जिबन दान महादान भन्ने नाराका साथ खुल्ला रक्तदान कार्यक्रम हुने भएको छ ।
२०६४ सालदेखि नियमित रूपमा पौष १७ गते हुँदै आएको रक्तदान कार्यक्रममा करिब १०० युनिट रगत संकलन हुने बिश्वास लिइएको शिक्षक नायक युबराज सुबेदीले बताए ।
रक्त संचार केन्द्र पोखराको प्राबिधिक सहयोगमा छोरेपाटन माध्यमिक बिद्यालयको प्राङ्गणमा बिहान ८ बजे देखि सुरुहुने कार्यक्रममा यो बर्ष भुपु विद्यार्थी मञ्चले पनि आफ्ना सदस्यहरुलाई रक्तदान गरी कार्यक्रमलाई भब्य रुपमा सम्पन्न गर्न आग्रह गरेको भुपु विद्यार्थी मञ्चका अध्यक्ष कृष्ण रानाभाटले बताए ।
भुपु विद्यार्थी मञ्चले १६ गते विद्यालय परिसरमा सरसफाइ तथा सचेतना कार्यक्रम गर्ने निर्णय गरेको मञ्चका वरिष्ठ उपाध्यक्ष हिमलाल उपाध्यायले बताए । उक्त कार्यक्रमको लागि मञ्चका सदस्य केदार पहारीलाई संयोजक तोकिएको पनि उनले जानकारी दिएका छन् ।





प्रतिक्रिया दिनुहोस