पेमाछेछेनलिङ गुम्बाको राप्ने कार्यक्रमको बृहत छलफल सम्पन्न
534 Views
कास्की, २७ असोज । कास्की जिल्ला बैदाम सेवा समाज र नेपाल तामाङ घेदुङ पोखरा महानगर को आयोजनामा पेमाछेछेनलिङ गुम्बाको राप्ने कार्यक्रमको बृहत छलफल सम्पन्न भएको छ ।
मङ्सिर २ गते देखि ९ गते सम्म हुने राप्ने (प्राण प्रचिष्ठा) प्रज्ञा पारामित त्रिपिटक(काग्युर) पाठ वाचनको नेपाल तामाङ घेदुङ पोखरा महानगर समितिको आयोजना र बैदाम तामाङ सेवा समाजको व्यवस्थापनमा बृहत छलफल तथा म्हेनिङ परिचर्चा सुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको हो ।
मङ्सिर २ गते दिनको ११ बजे शान्तिको दिप प्रज्वलन(कु राप्ने) बुद्ध प्रतिमाको प्राण प्रचिष्ठा ८ दिने बुद्ध वाचन त्रिपिटक (काग्युर पाठ)महायज्ञ विश्व शान्ति पूजाको व्यानर उद्घाटन सहित ताम्बाले डम्फु, टुङ्ना, गितले स्वागत गर्ने र लामा गुरुहरुबाट (बार्छे सिल्नोन) शान्तिको नृत्य, रिन्पोछे श्रद्धय धर्म गुरुबाट दिर्घायुको अभिषेकको साथ औपचारिक कार्यक्रम प्रारम्भ हुने जनाएको छ ।
यस कार्यक्रममा श्रद्धय धर्म गुरु ङिमा साङपो आठौँ ज्याल्सा रिन्पोछे बाट अभिषेक हुने भएको छ ।
१. बुद्ध वाचन,
२. आर्य तारा (डोल्मा),
३. तनागोसुम पूजा,
४. गण चत्र (रिव साङ) पूजा,
५. लामा छ्याम(लामा नृत्य),
६. राप्ने (प्राण प्रचिष्ठा),
७. वाङ(अभिषेक),
आयोजक कमिटिको तर्फबाट श्रद्धालु भक्तजन त्रिपिटक प्रज्ञा पारामिता वाचन महान् पूण्य कार्यमा सकेको सक्दो आर्थिक, भौतिक, नैतिक र जिन्सी सहयोग गर्दै उपस्थितिको लागि पनि अपिल गरेका छन् ।
नेपाल तामाङ घेदुङ कास्की जिल्ला अध्यक्ष भक्त बहादुर तामाङ र ने. ता. घे. पोखरा महानगर समितिका अध्यक्ष राम बहादुर ब्लोन(शिवु) ले सुभकामना मन्तव्यका साथै आर्थिक सहयोग घोषणा गरेका थिए ।





प्रतिक्रिया दिनुहोस