चण्डि मन्दिर परिसर दरबारथोक टोल सरसफाई
525 Views
पोखरा । पोखरा ९ दरबारथोकमा रहेको चण्डि मन्दिरमा नवदुर्गा पुजा तथा चण्डी पाठ गरिने भएकोले मन्दिर परिसर तथा दरबारथोक टोल सरसफाई गरिएको छ ।
चण्डिमाई सेवा समिति, चण्डिका आमा समुह र दरबारथोक टोल विकास संस्थाका सदस्यहरुले सरसफाई गर्दै जथाभावि फोहर मैला नगर्न जनचेतना जागृत गरिएको दरबारथोक टोल विकास संस्थाका अध्यक्ष तथा नवदुर्गा पुजा तथा चण्डीपाठ २०८० मुल आयोजक समितिका सचिव सुर्यभक्त सिग्देलले वताए ।
विगत केहि सालदेखि दुर्गा भगवती तथा अन्य देवि देवताका स्थायी मूर्ति बनाई नियमित रुपमा दुर्गा पुजा गर्दै आईरहेको र यस वर्षको नवदुर्गा पुजा असोज २८ गते घटस्थापनाको दिन देखि दैनिक रुपमा पण्डित विशाल चापागाइँद्धारा चण्डिपाठ परायण हुने, महाअष्टमीमा देवीको तश्रो नेत्र दर्शन, नवमीमा फुलपाती विसर्जन गरी यो वर्षको नवदुर्गा पुजा सम्पन्न गरिने भएको छ ।





प्रतिक्रिया दिनुहोस