२९ औं तामाङ प्रसारण दिवसको अवसरमा तामाङ पत्रकार संघ भक्तपुर शाखाले चलाए बहस कार्यक्रम
579 Views
काठमाडौं । २९ औं तामाङ प्रसारण दिवसको अवसरमा तामाङ पत्रकार संघ भक्तपुर शाखाले आयोजना गरिएको बहस कार्यक्रम सम्पन्न भएको छ । शाखाले प्रसारण दिवसको अवसरमा आयोजना गरिएको बहस कार्यक्रममा “बर्तमान तामाङ पत्रकारको अवस्था, चुनौती र सम्भावना” विषयमा रहेको थियो ।
वि.सं.२०५१ साल भाद्र १ गते पहिलो पटक रेडियो नेपालबाट तामाङ भाषाको समाचार वाचन गरेको दिनलाई स्मरण गर्दै तामाङ पत्रकार संघले तामाङ प्रसारण दिवसको रुपमा मनाउंदै आएका छन् । रेडियो नेपालमा पहिलो पटक रमिता बलको आवाजमा तामाङ भाषको समाचार वाचन गरेको २९ बर्षमा प्रबेस भएको छ ।
यसै दिनको स्मरणमा मंगलबार भक्तपुर तामाङ पत्रकार संघले आयोजना गरिएको उक्त वहस कार्यक्रममा सबैजसो वक्ताहरुले समग्रमा मिश्रित रुपमा संचार क्षेत्रमा तामाङ पत्रकारहरुको अवस्था, समस्या, चुनौती र सम्भावनाको बारेमा प्रस्ट पारेका थिए । केही वक्तले भने तामाङ पत्रकारितामा रहेको बिकृतिको विषयमा समेत चर्चा गरिएको थियो । निश्कर्षमा मुख्य वक्ताहरुको अभिव्यक्ति अनुसार अहिलेको डिजिटल जमानामा तामाङ पत्रकारहरुले समयसापेक्ष आफ्नो क्षेमता र सिपको विकास गर्दै श्रोत पहिचान गरि व्यावसयिक पत्रकारिता गर्न सकेमा सम्भावना नै सम्भावना रहेको कुरा प्रष्ट पारेका थिए ।

मानव शास्त्री डा.मुक्त सिंह तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा विशिष्ठ अतिथिको रुपमा नेपाल तामाङ घेदुङका संघिय अध्यक्ष मोहन गोले रहेका थिए भने अतिथिहरुमा राष्ट्रिय तामाङ घेदुङका महासचिव प्रविण बल, राजनीतिक विश्लेषक बुद्ध छिरिङ मोक्तान, तामाङ चलचित्र संघ नेपालका अध्यक्ष कुमार मोक्तान, नेपाल तामाङ कलाकार संघका अध्यक्ष विश्व दोङ, आदिवासी जनजाति पत्रकार महासंघका उपाध्यक्ष अमरध्वोज लामा, तामाङ पत्रकार संघका पूर्वअध्यक्ष एवम् सल्लाहकार जगत दोङ, राष्ट्रिय तामाङ महिला घेदुङका अध्यक्ष बबिता योञ्जन, प्रशिक्षक विकाश देव योञ्जन लगायत दर्जनौं तामाङ संघसंस्थाहरुको प्रतिनिधीहरुका साथै तामाङ कलाकार र पत्रकारहरुको बाक्लो उपस्थिति रहेका थिए ।
तामाङ पत्रकार संघ भक्तपुरले गत साल भने प्रसारण दिवसको अवसरमा ३ दिने निशुल्क पत्रकारिता प्रशिक्षण कार्यक्रम नगरकोटमा सम्पन्न गरेका थिए ।





प्रतिक्रिया दिनुहोस