बढ्यो अमेरिकी डलर, आजको विदेशी मुद्राको विनिमय दर
546 Views
काठमाडौं, अमेरकी डलरको भाउ मंगलवार बढेको छ । नेपाल राष्ट्र बैंकले बुधबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्दै अमेरिकी डलर एकको खरिद दर १३२.२६ पैसा र बिक्री दर १३२.८६ पैसा कायम गरेको छ ।
यस्तै, मंगलबार युरोपियन युरोको भाउ पनि बढेको छ। आज १ युरोको खरिद दर १४४.९३ रुपैयाँ र बिक्री दर १४५.५९ रुपैयाँ कायम भएको छ। सोमबार १ युरोको खरिद दर १४४.७७ रुपैयाँ र बिक्री दर १४५.४३ रुपैयाँ कायम थियो।
बेलायती पाउण्ड स्टर्लिङको भाउ पनि बढेको छ। आज १ पाउण्ड स्टर्लिङको खरिददर १६८.१७ र बिक्री दर १६८.९३ रुपैयाँ पुगेको छ। सोमबार १ पाउण्डको खरिद दर १६७.९२ र बिक्री दर १६८.६८ रुपैयाँ कायम थियो।





प्रतिक्रिया दिनुहोस