४ सय बढी विद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण
415 Views
फेदिखोला । श्री महेन्द्र जनसहयोग आधारभूत विद्यालय, फेदीखोला-२, स्थानचौरको प्राङ्गणमा उपकार फाउन्डेसन,नेपालको प्रथम साधारणसभा र पर्वतारोही, शिक्षाप्रेमी, समाजसेवी, जापानी नागरिक Mr. Noguchi Ken र Peak Aid , Ken Noguchi´s Foundation Japan ko आर्थिक सहयोग एवम् उपकार फाउन्डेसन, नेपालको आयोजनामा श्री महेन्द्र जनसहयोग आधारभूत विद्यालय स्थानचौरको पुस्तकालयका लागि पुस्तक हस्तान्तरण र सो विद्यालयलगायत अन्य छिमेकी विद्यालयहरुका गरी ४०० जना भन्दा बढि बिद्यार्थीहरुलाई शिक्षण सामाग्री एवम् श्री शिवालय आधारभूत विद्यालय, श्री खहरे आधारभूत विद्यालय, श्री महेन्द्र जनसहयोग आधारभूत विद्यालय, श्री काला भैरव माध्यमिक विद्यालय र अमोर बालगृहलाई शैक्षिक सामाग्री वितरण गरिएको थियो। सोही कार्यक्रममा फेदीखोला-२, खहरे निवासी क्यान्सर रोगबाट पीडित भई भारतको नयाँ दिल्लीमा उपचाररत पूजा अधिकारी कार्कीलाई नगद रु. १०,०००/- समेत प्रदान गरिएको थियोे भने विद्यालयमा नि:शुल्क जग्गा दान गरी विद्यालयको नाममा जग्गा धनी प्रमाणपूर्जा बनाइदिनु भएका समाजसेवी, फेदीखोला साना किसान कृषि सहकारी संस्था लि. का अध्यक्ष नेत्र बहादुर कार्कीलाई सम्मानसमेत गरिएको थियोे ।
उपकार फाउन्डेसन, नेपालका अध्यक्ष बलबहादुर गोदारको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि फेदीखोला गाउँपालिका वडा नं.२ का अध्यक्ष अविलास गुरुङले पर्वतारोही, समाजसेवी तथा शिक्षा प्रेमी Mr. Ken Noguchi जस्ता महान् दाताहरूको सहयोगले नेपालको ग्रामीण विकासमा टेवा पुगेको बताए। फेदीखोला शिक्षा शाखा प्रमुख रामचन्द्र गुरुङले विगत ६/७ वर्षदेखि यस क्षेत्रमा Mr.Noguchi Ken ko अमूल्य देन रहेको बताए। समाजसेवी तथा सम्मानित व्यक्तित्व नेत्रबहादुर कार्कीले समाजमा महत्त्वपूर्ण योगदान पुर्याउने व्यक्तिलाई विद्यालयबाट टाढा राख्न नहुने बताए ।
सामाजिक अभियन्ता, समाजसेवी लाल कार्की अन्जानले Mr. Noguchi Ken र Upakar जस्ता समाजसेवी भएमा कोही निरक्षर हुनु नपर्ने बताउँदै उपकारको परोपकारी मनको प्रशंसा गर्दै एउटा गजल समेत सुनाए । शिक्षक पार्वती कार्कीले सञ्चालन गरेको कार्यक्रममा शिक्षक गोदार उपमाले स्वागत गरेकी थिइन् भने शिव कुमार गौतम र चित्र बहादुर कार्कीले सहयोग रकम थप र निरन्तर गर्नुपर्ने भनाइ राखेका थिए।





प्रतिक्रिया दिनुहोस