ने.ता.घे.संघको चेतावनी शीतल पाण्डेलाई तत्काल पक्राउ नगरे सडक आन्दोलन गर्ने
613 Views
काठमाडौं, १४ साउन । नेपाल तामाङ घेदुङ संघले अधिवक्ता शीतल पाण्डेलाई तत्काल पक्राउ गर्न माग गरेको छ। अधिवक्ता पाण्डेविरुद्ध पक्राउ पुर्जी जारी भैसकेको छ। तर, प्रहरी प्रशासनले पाण्डेलाई पक्राउ गर्न ढिलाई गरेको भन्दै संघले तत्काल पक्राउ नगरे सडक आन्दोलनमा जाने चेतावनी दिएको छ ।
आज (आइतबार) पत्रकार सम्मेलन गर्दै संघले यस्तो चेतावनी दिएको हो । संघका अध्यक्ष मोहन गोलेले मगर समुदायले जाहेरी दिइसकेको अवस्थामा पनि सरकारले पक्राउ नगरेको आरोप लगाउँदै अविलम्ब पक्राउ नगरे आफूहरु भने सशक्त आन्दोलनमा जाने चेतावनी दिएका छन् ।
‘तामाङ, मगर लगायत आदिवासी समुदायलाई एक जनावर पशुसँग तुलना गरी समस्त समुदायलाई अपराधीकरण गर्ने हेतुले दिएको भ्रामक अभिव्यक्ति हाम्रो स्वतन्त्रता, सम्मानपुर्वक बाँच्न पाउने संवैधानिक हकको प्रतिकूल रहनुका साथै यसले हाम्रो आत्मस्वाभिमानमा गम्भीर ठेस पुगेको हुँदा हामी, कडा शब्दमा यसको घोर भर्त्सना र निन्दा गर्दछौ’, महासचिव काजिमान थिङ तामाङले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।





प्रतिक्रिया दिनुहोस