“कर्म-कर्ण” आदिवासी जनजाती पत्रकारिता पुरस्कार दिपेन्द्र श्रेष्ठलाई
571 Views
कास्की, २९ असार । तमु धिं नेपालको संस्थापक अध्यक्ष कर्म तमुको आफ्नो बैवाहिक वर्ष गाँठको अवसरमा प्रदान गरिँदै आएको कर्म/कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कार २०८० बाट नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष पत्रकार दीपेन्द्र श्रेष्ठलाई प्रदान गरिएको छ ।




पत्रकार हुमबहादुर गुरुङको संयोजकत्वमा सदस्यहरु एमबी आस्था मगर, शान्ति गुरुङ, उदय अमात्य र फोनिज कास्कीका अध्यक्ष दिलप्रसाद गुरुङको छनौट समितिले श्रेष्ठलाई सिफारिस गरेको हो ।




सोही कार्यक्रममा नवगठित तमु सञ्चारकर्मी संघ कास्की र तामाङ पत्रकार संघ कास्कीका कार्यसमिति सदस्यहरूलाई बधाई ज्ञापन कार्यक्रम सम्पन्न भएको छ ।





प्रतिक्रिया दिनुहोस