तामाङ जातिको मौलिक बाजा डम्फुको दुुरुपयोग बारे विज्ञप्ती जारी
627 Views
काठमाण्डौं, १८ असार। तामाङ जातिको मौलिक बाजा डम्फुको दुुरुपयोग भएको भन्दै तामाङ संघ संस्थाहरुले संयुुक्त रुपमा आपत्ति जनाउदैँ विज्ञप्ती जारी गरेको छ ।
केहि दिन अघि क्रिस्चियन धर्म प्रचारक मदन मोक्तानले तामाङ जातिको डम्फुको लोगो हटाई त्यसमा क्रिस्चियन धर्मको चिन्ह क्रस प्रयोग गरी भजन सामग्री युुट्युव च्यानल र सामाजिक सञ्जालमार्फत बाहिरा ल्याएपछि तामाङ समुुदायले आपत्ति जनाएको हो ।
तामाङ्ग जातिको पहिचानमाथि अन्याय भएको भन्दै तामाङ संघ संस्थाहरुले यसको विरुद्धमा अवाज उठाईरहेको छ । सांस्कृतिक बाजा डम्फुु तामाङ समुदायको आदिम कालदेखि पुर्खा म्हेम्हे पेङदोर्जेले नेपालको भुुमिमा आविष्कार गरेका हुन । यस्तो ऐतिहासिक सभ्यतासँग जोडिएको पश्चिम धर्मगुरु (प्रभुु)ले निर्माण गरिएको भनी प्रचार गर्नु र नितान्त सांकृतिक बाजामा धर्मको क्रस चिन्ह प्रयोग गर्नु आफैमा निन्दनीय र कपोलकल्पित,भ्रामक प्रचार बाजी हो भन्ने ठहर गरिएको छ ।
नेपाल धर्म निरपेक्षता भएको देश हो । यहाँ जो सुुकैले जुनसुुकै धर्म मान्न पाउने व्यवस्था छ । तर अरु जुुनसुुकै जातको धर्ममा आँच आउने कार्य गरेमा कारबाहीको दायरा सम्म ल्याउन सकिने नेपालको संविधानमा उल्लेख गरिएको छ ।
विज्ञप्ति






प्रतिक्रिया दिनुहोस