घुससहित ३ कर्मचारी पक्राउ
356 Views
काठमाडौँ, ५ असार । सडक निर्माण कार्यको अन्तिम बिल भुक्तानीका लागि सहजीकरण गरेबापत ४ लाख रुपैयाँ घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन कर्मचारीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ग्रामीण सडक सुधार आयोजना, आयोजना कार्यान्वयन इकाई, झापामा कार्यरत कर्मचारीहरू आयोजना व्यवस्थापक हुतराज चौहान, इन्जिनियर रवीन्द्रकुमार शर्मा, लेखापाल हिमाल पौडेल रहेका छन् ।
उनीहरूविरुद्ध सडक निर्माण कार्यको अन्तिम बिल भुक्तानीका लागि सहजीकरण गरेबापत ४ लाख रुपैयाँ घुस सेवाग्राहीबाट लिएको सूचनाको आधारमा आयोगले पक्राउ गरेको हो ।
उनीहरूलाई घुसको रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयग‚ टंगाल र आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले ग्रामीण सडक सुधार आयोजना, आयोजना कार्यान्वयन इकाई झापाको कार्यालय कम्पाउन्डबाट नियन्त्रणमा लिएको हो ।





प्रतिक्रिया दिनुहोस